राणा र ह्योजुलाई एआईजीमा बढुवा सिफारिस गर्ने गृह मन्त्रालयको निर्णय

राणा र ह्योजुलाई एआईजीमा बढुवा सिफारिस गर्ने गृह मन्त्रालयको निर्णय

केन्द्रबिन्दु
210
Shares

काठमाडौँ । आइतबार बसेको गृह मन्त्रालयको बढुवा समितिको बैठकले नेपाल प्रहरीको जनपद प्रहरी समूहतर्फको प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा सिफारिस गर्ने निर्णय गरेको छ ।

गृह मन्त्रालयको बढुवा समितिको बैठकले सिफारिस गरेको प्रकाशित सूचीअनुसार दुई जनालाई प्रहरी नियमावली २०७१, (संशोधनसहित) को नियम २७ को उप–नियम ४ अनुसार प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा सिफारिस गरिएको हो ।

बैठकले किरण राणालाई प्रहरी अतिरिक्त महानिरीक्षकमा सिफारिस गरेको छ भने प्राविधिक प्रहरी समूह, स्वास्थ्यतर्फको प्रहरी अतिरिक्त महानिरीक्षक पदमा डा. सुन्दरप्रसाद ह्योजु बढुवा सिफारिस भएका छन् ।

Logo