वस्तुनिष्ठ मूल्याङ्कनका आधारमा न्यायाधीश नियुक्ति गरिन्छः प्रधानन्यायाधीश राउत

वस्तुनिष्ठ मूल्याङ्कनका आधारमा न्यायाधीश नियुक्ति गरिन्छः प्रधानन्यायाधीश राउत

केन्द्रबिन्दु
126
Shares

काठमाडौँ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायाधीश नियुक्ति गर्दा योग्यता, क्षमता र वस्तुनिष्ठ मूल्याङ्कनको आधारमा गरिने बताएका छन् ।

पूर्वन्यायाधीश फोरमबाट आयोजना भएको बधाई तथा शुभकामना कार्यक्रममा उनले न्यायालयका काम कारवाहीहरू पारदर्शी हुनुपर्ने बताए ।

उनले अदालतमा हुने गतिविधि र कामकारवाही के कसरी चलेका छन् भन्ने जस्ताको तस्तै सर्वसाधारण जनताले बुझ्नेगरी समाचार सम्प्रेषण गर्न सञ्चारकर्मीलाई आग्रह समेत गरे ।

कार्यक्रममा पूर्वन्यायाधीश फोरम नेपालका अध्यक्ष टोपबहादुर सिंहले न्यायाधीश नियुक्ति प्रक्रियामा तत्काल हस्तक्षेप गरी कानूनसम्मत ढङ्गले सक्षम, योग्य र इमान्दार व्यक्तिलाई न्यायाधीश नियुक्ति गर्नुपर्ने, विवादित न्याय परिषद् नियमावलीमा भएका विवादहरूको उपयुक्त समाधान गरेर मात्र उच्च अदालतमा न्यायाधीश नियुक्ति गर्नुपर्ने बताए ।

यस्तै राष्ट्रिय महत्त्व एवं संवेदनशील विवादलाई प्राथमिकता दिई शीघ्रातिशीघ्र मुद्दाको फैसला हुनुपर्ने पनि बताए । कार्यक्रममा पूर्वन्यायाधीश फोरमका सचिव पूर्वन्यायाधीश युवराज सुवेदीले मुद्दाको संख्या कम गर्न मेलमिलाप सम्बन्धी प्रक्रियालाई सबै तहका अदालतले मेलमिलाप सम्बन्धी वातावरण बनाउनुपर्ने बताए ।

Logo