फरार अभियुक्त पक्राउ

फरार अभियुक्त पक्राउ

केन्द्रबिन्दु
0
Shares

गोली प्रहार गरी ज्यान मार्ने उद्योगको अभियोगमा फरार एक जनालाई कास्की प्रहरीले दुई महिनापछि पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ । 

बारा जिल्ला बरियापुर नगरपालिका–४ पिपरावृत्ता घर भई पोखरामा मेटलको काम गर्ने ४५ वर्षीय राजकिशोर पाण्डेलाई गोली प्रहारको घटनामा संलग्न रहेको पाइएपछि खोजतलासको क्रममा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले बताए ।

प्रहरीले प्रतिवादी पाण्डेको साथबाट ६ दशमलव ६५ एमएमको गोेलीको राउण्ड तीन थानसहित पोखरा–१ सिम्पानीबाट पक्राउ गरेको छ । गत माघ २३ गते पोखरा महानगरपालिका–१७ महतगौँडामा पर्वतको मोदी गाउँपालिका–८ चित्रे घर भई पोखरामा वायरिङको काम गर्ने २७ वर्षीय मनोज विकमाथि गोली प्रहार भएको थियो ।

गोली प्रहारबाट विकको दाहिने कोखा (पेटको भाग) मा अगाडि पट्टीबाट प्वाल परी पछाडि ढाडको भागमा चोट देखिएको प्रहरीले जानकारी दिएको छ । घाइते विकले प्रहरीलाई दिएको हुलियाका आधारमा अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिए ।

Logo