आज २३१ वटा अक्सिजन सिलिन्डर सङ्कलन

आज २३१ वटा अक्सिजन सिलिन्डर सङ्कलन

केन्द्रबिन्दु
0
Shares

नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट पछिल्लो २४ घण्टामा २३१ अक्सिजन सिलिन्डर सङ्कलन गरिएको छ ।

तीमध्ये १६८ वटा भरिएका र ६३ खाली सिलिन्डर रहेका छन् । सङ्कलन गरिएका २३१ वटा र यसअघिको स्टक रहेका १४१ वटा गरी जम्मा ३७२ वटा सिलिन्डरमध्ये मंगलबार ३४१ वटा सिलिन्डर कोभिड अस्पताल र सम्बन्धित अक्सिजन प्लान्ट उद्योगलाई उपलब्ध गराइएको छ ।

बाँकी रहेका ३१ वटा अक्सिजन सिलिन्डरहरु जिल्ला संकट व्यवस्थापन केन्द्र तथा जिल्लास्थित प्रहरी कार्यालयमा राखी आवश्यकता अनुसार वितरण गरिने छ ।

नेपाल प्रहरीको सक्रियतामा गत वैशाख २६ गतेदेखि हालसम्म जम्मा ९ हजार १४० वटा सिलिन्डर सङ्कलन गरी कोभिड अस्पताल र सम्बन्धित अक्सिजन प्लान्ट उद्योगलाई उपलब्ध गराइएको छ ।
 

Logo