पहाडी जिल्लाहरुमा आज वर्षाको सम्भावना

पहाडी जिल्लाहरुमा आज वर्षाको सम्भावना

केन्द्रबिन्दु
0
Shares

आज मौसम हिजोको तुलनामा परिवर्तन भइ धेरै जिल्लाहरुमा बिहानैदेखि घाम लागिरहेको राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । 

साथै, केही उच्च पहाडी जिल्लाहरुमा भने हल्का हिमपात र वर्षाको सम्भावना रहेको छ । त्यस्तै, दिउँसो पनि प्रदेश १, बाग्मती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली र अन्य पहाडी तथा तराईका भू–भागमा आंशिक बदली रहने छ ।

प्रदेश १, प्रदेश २, लगायत अन्य प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन रचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । यसैगरी राति पनि पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहि तराईका भू–भागमा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

Logo