बागमती प्रदेशसभा अधिवेशन जेठ १६ गते सुरु हुने

बागमती प्रदेशसभा अधिवेशन जेठ १६ गते सुरु हुने

केन्द्रबिन्दु
0
Shares

बागमती प्रदेशको अधिवेशन यही जेठ १६ मा सुरु हुने भएको छ ।

बागमती प्रदेशको प्रदेश सुशासन केन्द्र जावलाखेलमा बसेको सर्वदलीय बैठकमा यस्तो सहमति भएको हो ।

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलका अनुसार कोभिड १९ को महामारीबीच कसरी बैठक अघि बढाउने भन्नेमा पनि छलफल भएको थियो ।

उनले स्वास्थ्य सुरक्षाका मापदण्डहरू पालना गरी सहज रूपमा सदन चलाउने विषयमा सहमति जुटेको बताए । 

Logo