एकैदिन १ हजार ८०६ वटा सवारी साधन प्रहरीको नियन्त्रणमा

एकैदिन १ हजार ८०६ वटा सवारी साधन प्रहरीको नियन्त्रणमा

केन्द्रबिन्दु
0
Shares

विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने १ हजार ८०६ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तीमध्ये ९४२ वटा गाडी र ८६४ वटा मोटरसाइकल रहेका छन् । नियन्त्रणमा लिएका सवारी साधनहरुलाई आवश्यक सोधपुछ पश्चात छोडिने गरिएको छ ।

साथै नयाँ भेरियन्ट सहितको कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ९९२ जनालाई नि:शुल्क मास्क वितरण गरिएको छ ।

कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा तोकिएको मापदण्ड उल्लंघन गर्ने ३३१ जनालाई प्रचलित कानुन बमोजिम ३३ हजार ५०० रुपैयाँ जरिवाना गरिएको छ । साथै ३ हजार ७६६ जनालाई रोकी सम्झाई बुझाई छाडिएको छ । 

Logo