पीडितका उद्धार र राहतको व्यवस्था गर्न देउवाको माग

पीडितका उद्धार र राहतको व्यवस्था गर्न देउवाको माग

केन्द्रबिन्दु
0
Shares

कांग्रेस सभापति शेरबहादुर देउवाले बाढी-पहिरोमा परेका जनतालाई तत्काल उद्धार र राहतको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । सभापति देउवाले विपद्का कारण सिर्जित संकटमा उद्धार र राहतका लागि खटिन नेता कार्यकर्ताहरुलाई निर्देशन समेत गरेका छन् । 

केही दिनदेखि परेको अविरल वर्षाका कारण सिन्धुपाल्चोक, मनाङ लगायत देशका बिभिन्न ठाउँमा बाढी, पहिरो र कटानले विकराल रुप लिएको छ । बुधबार बिहानै सामाजिक सञ्जालमार्फत् सभापति देउवाले विपदमा परेका जनतालाई तत्काल उद्धार गरेर सुरक्षित स्थानमा स्थानान्तरण गर्न समेत माग गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन् ‘केही दिनदेखि परेको अविरल बर्षाका कारण सिन्धुपाल्चोक, मनाङ लगायत देशका विभिन्न क्षेत्रमा बाढी, पहिरो र कटानले विकराल रुप लिएको छ । यो कठिन अवस्थामा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुलाई तत्काल आ-आफ्नो क्षेत्रमा उद्धार र राहतमा खटिन निर्देशन गर्दछु ।'

केही दिनदेखि परेको अविरल वर्षाका कारण मनाङमा दर्जनौँ घर बगाउनका साथै सिन्धुपाल्चोकको मेलम्ची बजारलगायत अन्य क्षेत्रमा समेत क्षति र दर्जनौँ व्यक्ति वेपत्ता भएका छन् । 

Logo