शान्ति सैनिकको ६१ वर्ष : शान्ति सैनिक योगदान गर्नेमध्ये नेपाल विश्वकै तेस्रो स्थानमा

शान्ति सैनिकको ६१ वर्ष : शान्ति सैनिक योगदान गर्नेमध्ये नेपाल विश्वकै तेस्रो स्थानमा

केन्द्रबिन्दु
0
Shares

द्वन्द्वग्रस्त मुलुकहरूमा शान्ति स्थापनार्थ शान्ति सैनिक पठाउन थालेको ६१ वर्षपछि नेपाल शान्ति सैनिक योगदान गर्ने विश्वको तेस्रो मुलुक बनेको छ।

५ हजार ६८६ फौजसहित नेपाल तेस्रो स्थानमा रहेको संयुक्त राष्ट्र संघले जनाएको छ।
यो अप्रिल ३० तारिकका दिन सार्वजनिक गरिएको तथ्याङ्क हो। राष्ट्र संघले ३/४ महिनाको अवधिमा शान्ति सैनिक योगदान गर्ने देशहरूको सूचीसहित सैनिकहरूको तथ्याङ्क सार्वजनिक गर्दछ।

नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लब पौडेलले शान्ति सैनिक योगदान गर्ने तेस्रो देशमा नेपाल परेकोमा खुसी व्यक्त गर्दै नेपाली शान्ति सैनिकहरूलाई बधाई ज्ञापन गरेका छन्।

शान्ति सैनिक योगदान गर्ने देशहरूको सूचीमा नेपाल अघि बंगलादेश र इथियोपिया रहँदा नेपालपछि रुवान्डा, भारत र पाकिस्तान रहेको छ।

हाल नेपाली सेनाको १४ वटा मिसन विभिन्न देशमा खटिएका छन्। ‘नेपाली सेनाको इतिहास¬’ अनुसार सन् १९५८ मा पाँच जना नेपाली शान्ति सैनिक सैन्य पर्यवेक्षकको रूपमा लेबनान खटिएका थिए।

Logo