केही स्थानमा भारी वर्षाको सम्भावना

केही स्थानमा भारी वर्षाको सम्भावना

केन्द्रबिन्दु
0
Shares

आज देशकाे पूर्वी भूभाग तथा लुम्बिनी प्रदेशमा भारती वर्षाको सम्भावना रहेको भन्दै मौसम पूर्वानुमान महाशाखाले सचेत रहन आग्रह गरेको छ ।

त्यस्तै प्रदेश १, प्रदेश २ तथा लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ सहित भारी वर्षा हुने पूर्वानुमान महाशाखाले गरेको छ । प्रदेश १ का एक/दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको तथा पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहावको जोखिम तथा नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने उसले जनाएको छ । 

महाशाखाले यातायात क्षेत्र प्रभावित हुनसक्ने भन्दै आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको देशको दक्षिणी भू-भागनजिक मनसुनी न्यून चापीय रेखा रहेको महाशाखाले जनाएको छ ।

Logo