‘सुत्केरी पोषण उत्प्रेरणा’ कार्यक्रम

‘सुत्केरी पोषण उत्प्रेरणा’ कार्यक्रम

केन्द्रबिन्दु
0
Shares

पश्चिम दाङको बबइ गाउँपालिकाले ‘सुत्केरी पोषण उत्प्रेरणा’ कार्यक्रम ल्याएको छ । सरकारी स्वास्थ्य संस्थामा गएर सुत्केरी हुने गर्भवतीलाई प्रोत्साहन भत्ताको व्यवस्था गरिएको गाउँपालिकाकी उपाध्यक्ष सावित्री विश्कर्माले जानकारी दिइन् ।

‘स्वस्थ आमा, स्वस्थ बच्चा’ भन्ने मुल नाराका साथ  सञ्चालनमा ल्याएको कार्यक्रमले आमा र नवजात शिशुको जीवन सुरक्षित हुने उपाध्यक्ष विश्वकर्माले बताइन् । भत्तारकम दुई हजार  हुनेछ । सो  कार्यक्रमलाई गाउँपालिकाले १० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

गत असार १० गते  आयोजना गरिएको नवौँ नगरसभामा  उपाध्यक्ष  विश्वकर्माले आर्थिक वर्ष २०७८–७९ का लागि प्रस्तुत गरेको ५१ करोड ६४ लाख रुपैयाँको बजेट सर्वसम्मतिले पारित भएको छ ।

कोरोना रोकथाम, कृषि, सिँचाइ, रोजगार तथा विकासका कामलाई उच्च प्राथमिकताका साथ नीति तथा बजेटमा समावेश गरिएको छ । ‘हाम्रो बबइ राम्रो बबइ, खुसी जनता समृद्ध बबई गाउँपालिका’ नाराका साथ ल्याइएको कार्यक्रम तथा बजेटमा गाउँपालिका क्षेत्रमा स्वच्छ र सहज रुपमा खानेपानीको व्यवस्था गर्नका लागि एक घर एक धारा समावेश गरिएको छ ।

Logo