३१ जुवाडे पक्राउ

३१ जुवाडे पक्राउ

केन्द्रबिन्दु
0
Shares

मध्यपुर ठिमी नगरपालिका-७ नगदेश बस्ने ४० वर्षीय रत्नकाजी अवालेको रत्न खाजा घरमा तास खेलिरहेको अवस्थामा रत्नकाजी लगायत ११ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

खाजा घरमा जुवातास खेलिरहेको भन्ने सूचनाकाे आधारमा महानगरीय प्रहरी वृत्त ठिमी र महानगरीय अपराध महाशाखाबाट खटिएको संयुक्त प्रहरी टोलीले२ लाख ६४ हजार १ सय रुपैयाँ र ६ बुक ताससहितपक्राउ गरेको हो ।

यसैगरी भक्तपुर, सूर्यबिनायक नगरपालिका-५ कटुन्जे गणेश हिलस्थित सोही ठाउँ बस्ने ३२ वर्षीय कर्म तामाङको हाम्रो खाजा घरमा तास खेलिरहेको अवस्थामा तामाङ समेत १६ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

नगद १ लाख २१ हजार ६ सय रुपैयाँ र ७ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।यता पोखरा महानगरपालिका-९ नयाँबजारस्थित मेघधोज राईको छिन्त्याङ रेष्टुरेण्टमा तास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-१० बस्ने ४८ वर्षीय श्यामकाजी श्रेष्ठ लगायत ४ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । 

Logo