नारायणगढ–मुग्लिङ सडक पुन: अवरुद्ध

नारायणगढ–मुग्लिङ सडक पुन: अवरुद्ध

केन्द्रबिन्दु
0
Shares

सोमबार बिहानन पहिरो झरेपछि नारायणगढ–मुग्लिङ सडक पुन: अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–६ कालीखोलामा बिहान साढे ४ बजे सुक्खा पहिरो खसेपछि सडक दुवैतर्फी नै बन्द भएको प्रहरीले जनाएकाे छ । 

मुग्लिङ-नारायणगढ सडक खण्डमा दिनहुँजसो पहिरो खसिरहेकाले यो सडक हुँदै यात्रा गर्दा विशेष सावधानी अपनाउन प्रहरीको आग्रह छ । यसपालिको मनसुन सुरु भएसँगै मुग्लिङ-नारायणगढ सडक खण्डका विभिन्न ठाउँमा पहिरो खसिरहेको छ । उक्त पहिरोका कारण पटकपटक अवरुद्ध हुने र पन्छाउने काम चलिरहेकाे छ । 

Logo