बालविवाह गराउने ३ जना पक्राउ

बालविवाह गराउने ३ जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

बालविवाह गर्ने तथा गराउने कार्यमा संलग्न रहेको अभियोगमा पकाहामैनपुर गाउँपिलका-१ धोरे बस्ने २४ वर्षीय विशाल सहनी, सोही ठाउँ बस्ने ६५ वर्षीय ठग सहनी र बारा प्रसौनी गाउँपालिका-५ बेलहीया पनटोका बस्ने ४८ वर्षीय महेश सहनीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

महेश र ठगले आपसी सहमति गरी धोरेस्थित भुटनदेवी मन्दिरमा विशालसँग २०७७ माघ १९ गते १७ वर्षीया किशोरीसँग बालविवाह गराएको खुल्न आएपछि बालविवाह गर्ने विशाल र बालविवाह गराउने कार्यमा संलग्न महेश र ठगलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरू उपर जिल्ला अदालत पर्साबाट ५ दिन म्याद थप गरी मुलुकी अपराध संहिताको दफा १७३ विपरीत विवाहसम्बन्धी कसूरमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ

Logo