गोर्खाल्यान्डको नाममा राजनीति बन्द गरौं : जिटिए अध्यक्ष अतिन थापा

गोर्खाल्यान्डको नाममा राजनीति बन्द गरौं : जिटिए अध्यक्ष अतिन थापा

केन्द्रबिन्दु
0
Shares

जिटिए अध्यक्ष अतिन थापाले गोर्खाल्यान्डका नाममा राजनीति बन्द गर्न सबैलाई आग्रह गरेका छन्। टक्दाह टिस्टा भ्याली समष्टिका अध्यक्ष डेन्डुप पाख्रिनसहित ३ सयभन्दा बढी समर्थकहरूलाई खरसाङमा सम्बोधन गर्दै थापाले उक्त कुरा बताएका हुन्।

‘गोर्खाल्यान्डको नाममा वर्षौदेखि राजनीति भइरहेको छ, अब यो राजनीतिक खेललाई बन्द गरी विकास निर्माणको यात्रामा जुट्नुपरेको छ,’ दार्जिलिङबाट प्रकाशित हिमालय दर्पणले थापाको भनाइ उद्धृत गर्दै उल्लेख गरेको छ। गोर्खाल्यान्डको नाममा यति लामो समयदेखि राजनीति गर्दा कैयौंको ज्यान गए पनि आखिर जनताले उल्लेखनीय उपलब्धि नपाएको उनको भनाइ छ।

दोगोपाप र जिटिए उपलब्धिका रुपमा रहेकाले आगामी दिनमा राजनीतिको नाममा खाली आन्दोलन मात्र गर्नुको सट्टा जनताको हितलाई ख्याल राखेर काम गर्नुपर्ने उनको धारणा छ। ‘अबका दिनमा दार्जिलिङ पहाडलाई कसरी नौलो दिशामा लैजान सकिन्छ भनी सोच्नुपर्छ, नयाँ योजना बनाउनुपर्छ। खाली आन्दोलन–आन्दोलन गरेर मात्र कही पुगिँदैन,’ उनले भने। आगामी दिनमा जिटीएले दार्जिलिङ पहाडका मजदुर, किसान र सबै तप्काका मानिसको हितलाई ध्यानमा राखेर काम गर्ने उनको भनाइ थियो।

Logo