निर्मला पन्तका हत्यारालाई तत्काल कारबाही गर्न प्रधानमन्त्रीको निर्देशन

निर्मला पन्तका हत्यारालाई तत्काल कारबाही गर्न प्रधानमन्त्रीको निर्देशन

केन्द्रबिन्दु
0
Shares

निर्मला पन्तकाे हत्या भएकाे ३ वर्षा पुगेकाे दिन आज प्रधानमन्त्रीले अहिलेसम्मका अनुसन्धानकाे बारेमा जानकारी लिएका छन्  । 

प्रधानमन्त्री देउवाले कञ्चनपुरकी बालिका पन्तका हत्यामा संलग्न दोषी पत्ता लगाएर तत्काल कारबाही गर्न गृहमन्त्री बालकृष्ण खाँण र प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई निर्देशन दिएका हुन् । 

आइतबार साँझ गृहमन्त्री खाँण र प्रहरी महानिरीक्षक क्षेत्रीलाई बालुवाटार बोलाएर प्रधानमन्त्री देउवाले निर्मला पन्तको हत्यामा संलग्न चाँडोभन्दा चाँडो पत्ता लगाएर कारबाही गर्न निर्देशन दिएका हुन् । 

प्रधानमन्त्री देउवाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘निर्मला पन्तको हत्या भएको तीन वर्ष पुगेको दिन आज मैले गृहमन्त्री र प्रहरी प्रमुखलाई बोलाएर अहिलेसम्म भएको अनुसन्धानबारे जानकारी लिएको छु। चाँडोभन्दा चाँडो दोषी पत्ता लगाएर कारबाही गर्न निर्देशन पनि दिएको छु ।’

Logo