काठमाडौंदेखि बागलुङ जाँदै गरेको बस दुर्घटना हुँदा ११ जना घाइते

काठमाडौंदेखि बागलुङ जाँदै गरेको बस दुर्घटना हुँदा ११ जना घाइते

केन्द्रबिन्दु
0
Shares

बागलुङको गल्कोट नगरपालिका-१ चौराहामा बस दुर्घटना हुदा ११ जना घाइते भएका छन्।

मध्यपहाडी राजमार्गको गलकोट नगरपालिका-१ सौराहस्थित काठमाडौँबाट बुर्तिवाङतर्फ जाँदै गरेको बा५ख १५५३ नंको रात्रिबस ब्रेक फेल भई सडकको भित्तामा ठोक्किँदा ११ जना घाइते भएका छन् । 

घाइतेहरुलाई उपचारको लागि धौलागिरी अस्पताल बागलुङमा ल्याउदै गरिएको छ। बस चालक चित्र बहादुर खड्का प्रहरी नियन्त्रणमा छन्।

Logo