१२७ किलो अवैध लागूऔषधसहित ३ जना पक्राउ

१२७ किलो अवैध लागूऔषधसहित ३ जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

मकवानपुरको मनहरी गाउँपालिका-८ सिमपानीस्थित सडकमा बीआरई २८३९ नम्बरको भारतीय ट्रकमा लुकाई ल्याएको १२७ किलो अवैध लागूऔषध गाँजासहित ३ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा ट्रक चालक भारत बैशाल बस्ने ३८ वर्षीय रामराज सहनी, ट्रकमा सवार भारत समस्तिपुर बस्ने १८ वर्षीय किशोर, ट्रकमा सवार पर्सा वीरगंज महानगरपालिका-९ चुर्नी बस्ने ३० वर्षीय रियाजुल अंसारी रहेका छन् ।

उक्त ट्रकलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले जाँच गर्दा ट्रकको पछाडि ढालामा फल्स बटम बनाई लुकाई ल्याएको उक्त गाँजासहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

Logo