गोंगबुबाट पेस्तोलसहित ३ जना पक्राउ

गोंगबुबाट पेस्तोलसहित ३ जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

राजधानीको गोंगबुबाट पेस्तोलसहित तीन जना पक्राउ परेका छन् । 

बुधबार साँझ नयाँ बसपार्कमा रहेको बिजी महल अगाडि चेकप्वाइन्टमा प्रहरीले जाँच गर्ने क्रममा तीन जना सवार स्कुटर रोक्न खोज्दा स्कुटर नै छोडेर भाग्ने तीन जनालाई फलो गर्दै जाँदा नियन्त्रणमा लिएर खनतलासी गर्दा पेस्तोल भेटिएको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार बसपार्ककै आरके रेष्टुरेन्टमा प्रवेश गरेका उनीहरुलाई नियन्त्रणमा लिई खानतलासी गर्दा पेस्तोल र पाँच राउन्ड गोली बरामद भएको हो ।

पक्राउ पर्नेमा धादिङका २४ वर्षीय विविन मगर, २५ वर्षीय मन्दीप थापा र १९ वर्षीय सुजन मगर छन् । 

उनीहरूलाई अनुसन्धानका लागि हिरासतमा लिइएको प्रहरीले जनाएको छ ।

Logo