नेपाललाई भुटानले आफैँ ल्याइदियो ३ लाख डोज खोप

नेपाललाई भुटानले आफैँ ल्याइदियो ३ लाख डोज खोप

केन्द्रबिन्दु
0
Shares

भुटानले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको ३ लाख डोज खोप नेपाल आइपुगेको छ ।

भुटानले आफ्नै राष्ट्रिय ध्वजाबाहक विमान डुक एयरबाट तीन लाख डोज एस्ट्रजेनका खोप नेपाल ल्याइदिएको हो ।

यो खोपलाई टेकुमा भण्डारण गरेर राखिने र प्राथमिकताका आधारमा ज्येष्ठ नागरिकलाई पहिलो डोजका रुपमा दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भूटानले आफ्नो जनसंख्याभन्दा बढी खोप प्राप्त गरेपछि बाँकी रहेको खोप नेपाललाई अनुदानमा दिएको हो ।

प्रधानमन्त्रीद्वारा भुटानी नरेश र आफ्ना समकक्षीमा आभार

प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ महामारीविरुद्धको नेपालको लडाइँमा सघाएकाेमा भूटानका नरेश र प्रधानमन्त्रीप्रति आभार व्यक्त गरेका छन्। 

महामारीका बेला खोप उपलब्ध गराएर भूटानले प्रस्तुत गरेको मैत्रीभावको स्वागत गर्दै प्रधानमन्त्री देउवाले त्यहाँका नरेश जिग्मे खेसर नामग्याल वाङचुक र प्रधानमन्त्री डा लोटे छिरिङप्रति कृतज्ञता ज्ञापन गरेका छन्। 

सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री देउवाले भूटानी नरेश र प्रधानमन्त्रीप्रति आभार व्यक्त गर्दै उक्त सहयोगको बदलामा भविष्यमा नेपालले पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। 

कोभिडको विश्वव्यापी महामारीको कठिन अवस्थामा सबै नेपालीलाई समयमै खोप लगाउने नेपाल सरकारको प्रतिबद्धताअनुरुप खोप प्राप्तिका लागि हरसम्भव विकल्प अपनाएर सरकारले खोप अभियानलाई निरन्तरता दिइरहेको छ। त्यसै सन्दर्भमा भूटानबाट प्राप्त खोप शुक्रबार काठमाडौँ ल्याइएको हो।

Logo