जलविद्युत आयोजनामा कार्यरत मजदुरको शंकास्पद मृत्यु

जलविद्युत आयोजनामा कार्यरत मजदुरको शंकास्पद मृत्यु

केन्द्रबिन्दु
0
Shares

संखुवासभामा निर्माणाधीन ९ सय मेगावटको अरुण तेस्रो जलविद्युत आयोजनाको ड्यामसाइड कार्यरत एक मजदुरको मृत्यु भएको छ ।

मकालु गाउँपालिका–५ फ्याक्सिन्दामा कार्यरत भोजपुर नगरपालिका–२ हेलौछाका खड्ग बहादुर गुरुङको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदीले शनिबारबाट बेपत्ता भएका गुरुङ आइबार मकालु–३  नयाँबस्ती नजिकैको भिरमा मृत फेला परेको जानकारी दिए ।

गुरुङको हत्याको या मृत्यु हो भन्ने बारे एकिन भइनसकेको डिएसपी सुवेदीले बताए । घटनाको अनुसन्धानका लागि सदरमुकाम खाँदबारीबाट प्रहरी निरीक्षकको नेतृत्वमा टोली घटनास्थलमा खटिएका छन् ।

Logo