१० लाख नक्कली नोटसहित ३ जना पक्राउ

१० लाख नक्कली नोटसहित ३ जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

रौतहटको ईशनाथ नगरपालिका-४ कालिमन्दिर नजिकबाट ९ लाख ९३ हजार रुपैयाँ नक्कली नोटसहित ३ जनालाई  प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा धनुषा बट्टेश्वर गाउँपालिका-४ बस्ने ३८ वर्षीय शत्रुधन वरई ठाकुर, महोत्तरी बर्दिवास नगरपालिका-९ बन्द्रा पशुपतिनगर बस्ने ३० वर्षीय रन्जित महतो र महोत्तरी भङ्गाह नगरपालिका-४ प्रेमनगर बस्ने २५ वर्षीय दिपेन्द्र कुमार महतो रहेका छन् ।

भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरुलाई प्रहरी चौकी मठियाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा नेपाली रुपैयाँ १ हजार दरको उक्त नक्कली नोटसहित फेला पारी पक्राउ गरेको हो ।
 

Logo