काठमाडौं उपत्यकामा राति ८ बजेपछि अत्यावश्यकबाहेक सवारी साधन चलाउन नपाइने

काठमाडौं उपत्यकामा राति ८ बजेपछि अत्यावश्यकबाहेक सवारी साधन चलाउन नपाइने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं उपत्यकामा राति ८ बजेपछि अत्यावश्यक बाहेकका निजी तथा सार्वजनिक सवारी साधन चल्न नपाउने भएका छन्।

मंगलबार काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको वैठकले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) लाई साउन २८ गतेदेखि भदौ ५ सम्म लागू हुनेगरी त्यस्तो सिफारिस गरेको छ। 

कोभिड–१९ को दोस्रो लहर सुरु भएसँगै देशभरका विभिन्न जिल्ला प्रशासन कार्यालयले वैशाख १६ देखि निषेधाज्ञा गर्दै आएका छन्। 

काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो हुँदै गएकोमा पछिल्लो समय संक्रमण बढ्दै गएपछि उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरूले कडाइ गर्न थालेका हुन्। 


Logo