एकैदिन ३१ हजार २२९ जनालाई नि:शुल्क मास्क

एकैदिन ३१ हजार २२९ जनालाई नि:शुल्क मास्क

केन्द्रबिन्दु
0
Shares

कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ३१ हजार २२९ जनालाई नि:शुल्क मास्क वितरण गरिएको छ । कार्यक्रम अन्तर्गत गत वैशाख ६ गतेदेखि हालसम्म जम्मा ५ लाख ९१ हजार ७४० जनालाई नि:शुल्क मास्क वितरण गरिएको छ ।

कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्ने २४९ जनालाई २४ हजार ९०० रुपैयाँ जरिवाना गरिएको छ । सो क्रममा स्वास्थ्य मापदण्ड उल्लंघन गर्ने १० हजार ८२२ जनालाई रोकी सम्झाई बुझाई छाडिएको छ ।

Logo