शौचालय जाँदा हात्तीले आक्रमण गर्दा एककाे मृत्यु

शौचालय जाँदा हात्तीले आक्रमण गर्दा एककाे मृत्यु

केन्द्रबिन्दु
0
Shares

सुनसरीकाे काेशी गाउँपालिका ४ मा जंगली हात्तीको आक्रमणमा परी ५५ वर्षीय रामेखङ्ग खत्वेकाे मृत्यु भएकाे छ ।

काेशी टप्पु वन्यजन्तु आरक्ष छेउ रहेकाे खत्वे टाेलका उनकाे हात्तीले आक्रमण गर्दा घटनास्थलमै ज्यान गएकाे हाे ।

बिहान उठेर शा‌ैचालय गएका खत्वेलाई आरक्षबाट निस्केकाे हात्तीले लखेटेर  ज्यान लिएकाे हाे ।
सुनसरी प्रहरीका अनुसार मृतककाे शव पाेष्टमाटमका लागि इनरूवा अस्पताल ल्याइएकाे छ ।

Logo