एम्बुलेन्स दुर्घटना हुँदा एक जनाकाे ज्यान गयो

एम्बुलेन्स दुर्घटना हुँदा एक जनाकाे ज्यान गयो

केन्द्रबिन्दु
0
Shares

रोल्पामा एम्बुलेन्स दुर्घटना हुँदा एकको मृत्यु भएको छ । स्मृति अस्पताल प्रालिको एम्बुलेन्स दुर्घटना हुँदा माडी गाउँपालिकाका-६ निवासी ३७ वर्षीय ओमप्रकाश घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएकाे छ । 

माडी गाउँपालिकाका-२ मा आज बिहान ३ः५० बजेतिर दुर्घटना भएको रोल्पाका प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले बताए । भैरहवाबाट कोर्चाबाङ शव पुर्‍याएर फर्कने क्रममा शहीदमार्ग सडकखण्डको माडी-२ खोलबाङमा दुर्घटना भएको हो ।

दुर्घटनामा एक जना घाइते भएका छन् । एम्बुलेन्स सडकबाट झण्डै ७०० मिटर तल खसेको थियो । रासस

Logo