भरतपुर विमानस्थलमा भएको आगलागी नियन्त्रणमा

भरतपुर विमानस्थलमा भएको आगलागी नियन्त्रणमा

केन्द्रबिन्दु
0
Shares

भरतपुर विमानस्थलको विशिष्ट कक्षमा आगलागी भएको छ । आज बिहान पौने ७ बजे विद्युत् सर्ट भएर आगलागी भएको विमानस्थलले जनाएको छ ।

विमानस्थलका सूचना अधिकारी पुष्कलराज शर्माका अनुसार विशिष्ट कक्षमा भएको लागलागी ७ बजे नियन्त्रणमा आएको हो । त्यही रहेका अग्निनियन्त्रक साधनले आगो नियन्त्रणमा लिइएको उनले जानकारी दिए ।

आगलागीबाट विशिष्ट कक्ष पूर्णरुपमा क्षति भएको उनले बताए । क्षतिको विवरण भने केन्द्रीय कार्यालयबाट प्राविधिक समूह आएर हेरेपछि मात्र भन्न सकिने उनले बताए । 

Logo