यस्तो छ आजकाे मौसम

यस्तो छ आजकाे मौसम

केन्द्रबिन्दु
0
Shares

हाल नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको  छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान देशभर सामान्य बदली रही  प्रदेश १, बागमती,  गण्डकी, लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १ का एक वा दुई स्थानमा मेघ गर्जन तथा चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ।

आज राति देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १,  बागमती प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन तथा चट्याङसहित भारी वर्षाको सम्भावना रहेको  मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । 

Logo