पहिरोका कारण नागढुङ्गा सडक खण्ड बन्द

पहिरोका कारण नागढुङ्गा सडक खण्ड बन्द

केन्द्रबिन्दु
0
Shares

लगातारको वर्षाका कारण पहिरो खस्दा काठमाडौंसँगको मुख्य नाका नागढुङ्गा सडक खण्ड फेरि ठप्प भएको छ ।

आज बिहान साढे ५ बजे नागढुङ्गा नजिकै चिसापानीमा पहिरो गएको प्रहरीले जनाएको छ । पहिरोका कारण अहिले दुुईतर्फी नै सडक बन्द भएको छ । 

हिजो पनि यही ठाउँमा पहिरो गएको थियो । तर पहिरो हटाएर हिजो दिउँसो १ बजेदेखि सडक खुलाइएको थियो । तर आज फरि पहिरो खसेकाे प्रहरीले जनाएकाे छ । पहिरो पन्छाउन केहीबेरअघिबाट डोजर परिचालन गरिएको छ ।

Logo