यस्तो छ आजकाे मौसम

यस्तो छ आजकाे मौसम

केन्द्रबिन्दु
0
Shares

हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको हुँदा प्रदेश नं १,  गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै  स्थानहरूमा  बिहानैदेखि हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महहाशाखाले जनाएकाे छ । 

आज राति देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ । 

Logo