कामपा–१९ का वडाध्यक्ष श्रेष्ठको निधन

कामपा–१९ का वडाध्यक्ष श्रेष्ठको निधन

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ महानगरपालिका–१९ का वडाध्यक्ष शशिलाल श्रेष्ठको निधन भएको छ । खाना खाने नलीको क्यान्सर रोगबाट पीडित ६५ वर्षीय श्रेष्ठको आज दिउँसो नर्भिक अस्पतालमा निधन भएको वडा कार्यालयले जनाएको छ । तीन महिनाअघि मात्र खाना खाने नलीको क्यान्सर रोग पत्ता लागेको थियो । 

विद्यार्थीकालदेखि नै नेपाल विद्यार्थी सङ्घको राजनीतिमा सक्रिय भएका श्रेष्ठ २०४९ सालको स्थानीय निकाय निर्वाचनदेखि वडाध्यक्ष निर्वाचित भएको थियो । विसं २०५४ र २०७४ स्थानीय निर्वाचनमा पनि नेपाली कांग्रेसबाट उम्मेदवार भई श्रेष्ठ वडाध्यक्ष पदमा निर्वाचित भएको वडा सदस्य मधुसुदन प्रधानले जानकारी दिए । पञ्चायतकालमा पनि उनी वडा सदस्य पदमा निर्वाचित भएका थिए । 

नर्भिक अस्पतालबाट शुक्रबार बिहान श्रद्धाञ्जलिका लागि उनको शव वडा कार्यालयमा लगिने छ । दिउँसो पशुपति आर्यघाटमा लगी अन्तिम संस्कार गरिने कार्यक्रम तय गरिएको पनि वडा सदस्य प्रधानले बताए ।

काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीका अनुसार वडाध्यक्ष श्रेष्ठको निधनमा महानगरले भोलि शुक्रबार एक दिन शोक विदा दिने भएको छ । मृतक श्रेष्ठका श्रीमती ३ छोरी र १ छोरा छन् ।

Logo