बागमती नदीमा शव भेटियो

बागमती नदीमा शव भेटियो

केन्द्रबिन्दु
0
Shares

बागमती नदीमा एक युवकको शव भेटिएको छ । काठमाडौंको मिनभवन र कोटेश्वरको नजिक बागमती नदीको बीचमा आज बिहान शव भेटिएको हो ।

महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका प्रहरी नायव उपरीक्षक मिन लामाले शव काभ्रे सारदाबतासे–४ का ३८ वर्षीय विक्रम तामाङको भएको जानकारी दिए । बाहिरी शरीरमा चोटपटक केही नदेखिएको र छाती फुलेको अवस्थामा नदीको बीच भागमा शव भेटिएको लामाले बताए ।

उनको साथमा भेटिएको सवारी चालक अनुमति पत्रका आधारमा पहिचान भएको लामाले जानकारी दिए । घटनाबारे अनुसन्धान भइरहेको लामाले बताए । शव प्रहरीले नै देखेको थियो ।न्युज कारखाना । 

Logo