विद्युत प्रधिकरणमा ३२० जनालाई रोजगारकाे अवसर

विद्युत प्रधिकरणमा ३२० जनालाई रोजगारकाे अवसर

केन्द्रबिन्दु
0
Shares

नेपाल विद्युत प्राधिकरणले खुला प्रतियोगिताबाट स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । 

लोकसेवा आयोगबाट हुने परीक्षाका लागि प्राधिकरणले सहनिर्देशक, मिटर रिडरदेखि जुनियर मिस्त्रीका लागि ३२० सिटका निम्ति दरखास्त आह्वान गरेको हो ।

अधिकृतस्तरमा ५२ सिट छ, सहनिर्देशक, प्रबन्धक, उपप्रबन्धक, सहायक निर्देशक, चार्टर्ड एकाउन्टेन्ट, इन्जिनियर, वातावरणविद् माग गरिएको छ ।

यसैगरी, सहायकस्तर मिटर रिडिङ सुपर भाइजरका लागि १८, लेखापालका लागि २६, सुपरभाइजरका लागि २९, सिनियर मिटर रिडरका लागि १७, सहायक लेखापालका लागि ३१, फोरमेनका लागि ६८, इलेक्ट्रिसयनका लागि ७६ र जुनियर मिस्त्रीका लागि तीन सिटमा दरखास्त आह्वान भएको हो ।

प्राधिकरणले आन्तरिकतर्फ पनि भर्ना खोलेको छ । आन्तरिकतर्फ प्रबन्धकदेखि जुनियर मिस्त्रीसम्मका लागि १२४ सिट सुरक्षित गरिएको छ ।

प्राधिकरणले बढुवाको जाम पनि खोलेको छ । जेष्ठता कार्यसम्पादन मूल्यांकनका आधारमा २८५ र कार्यक्षमता मूल्यांकन ४७७ जनालाई बढुवा हुन सिट छुट्याइएको छ । न्युज कारखाना । 
 

Logo