जुवा खेलेको आरोपमा १३ जना पक्राउ

जुवा खेलेको आरोपमा १३ जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

प्रहरीले काठमाडौँबाट जुवा खेलेको आरोपमा १३ जनालाई पक्राउ गरेको  छ । कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ७ हरहरमहादेवस्थित कमल दाहालको घरमा जुवा खेलिरहेको गोप्य सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग काँडाघारीवाट खटिएको टोलीले उनीहरुलाई गएराति पक्राउ गरेको हो ।  

उनीहरुको साथबाट १८ लाख ७५ हजार ५०० रुपैयाँ बरामद भएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ । यस्तै जुवा खेल्न प्रयोग हुने विभिन्न उपकरण समेत बरामद भएको छ । 

Logo