नेपाली बजारमा ‘भ्याक्सिनो’ रेडिमेड कपडाको ब्राण्ड बजारमा आएको छ ।
अल्फा इम्पोरियलले रेडिमेड ब्राण्ड भ्याक्सिनो आइतबारदेखि औपचारिक रुपमा बजारमा ल्याएको छ।
आइतबार अल्फा इम्पोरियलले पत्रकार सम्मेलन आयोजना गरी रेडिकेड कपडाको ब्राण्ड ‘भ्याक्सिनो’ सार्वजनिक गरेको हो ।
त्यस्तै, ‘भ्याक्सिनो’ ब्राण्डको एम्बासडरसमेत आज नै बनाएको छ। ‘भ्याक्सिनो’ ब्राण्डको ब्राण्ड एम्बासडरमा गायक प्रमोद खरेल बनेका छन् ।
जिन्स र कटनका विभिन्न उत्पादन भ्याक्सिनो ब्राण्डमार्फत उपलब्ध रहेको अल्फा इम्पोरियलका सञ्चालक प्रकाश प्रधानले बताए।
उनका अनुसार अहिले भारत र चीनबाट उत्पादन गरेर ल्याएर नेपाली बजारमा बिक्री सुरु गरिएको छ ।
निकट भविष्यमा नै ६० देखि ७० प्रतिशत उत्पादन नेपालबाटै गर्ने लक्ष्य राखिएको प्रधानले बताएका छन् ।
अल्फा इम्पोरियल‘भ्याक्सिनो’ले अहिले ३ सय जनालाई प्रत्यक्ष रोजगारी दिने गरी योजना बनिरहेको छ।
६ महिनाभित्रै कुमारीपाटी, दरबारमार्ग र बौद्धमा गरी ३ वटा शोरुम सञ्चालनमा ल्याउने उनको भनाई छ ।
त्यस्तै, भ्याक्सिनो ब्राण्डका एम्बासडर गायक खरेलले गुणस्तरीय नेपाली उत्पादनका भएकाले ब्राण्डको एम्बासडर बनेको बताए।
उनले भ्याक्सिनो ब्राण्डको एम्बासडर भएर सकेको सहयोग गर्ने बताए।
प्रधानका अनुसार अल्फा इम्पोरियलले ३ करोड रुपैयाँ लगानी गरेर ज्याकेट, सर्ट, टी–सर्ट, ब्लेजर विभिन्न रेडिमेड कपडा विदेशी ब्राण्डका कपडाको तुलनामा ५० प्रतिशत सस्तोमा उपलब्ध गराइरहेको छ।
प्रतिक्रिया