नाडाद्वारा एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न

नाडाद्वारा एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल र लुम्बिनी अटोमोवाइल्स एशोसिएशन अफ नेपालको पहलमा बुटवलमा १ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । ६९ औं विश्व भन्सार दिवसको अवसरमा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको प्रमुख आतिथ्यतामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।

अटोमोवाइल्स व्यवसायीहरुले आफ्नो व्यवसाय सञ्चालन गर्ने क्रममा कर, भन्सार तथा भिसिटिएस सम्बन्धी यावत समस्याहरु भोग्दै आइरहेको सन्दर्भमा व्यवसायीहरुले कर, भन्सार सम्बन्धी विद्यमान प्रणालीहरु बारे यथार्थ जानकारी राख्नु अति आवश्यक देखिएकोले उक्त कर, भन्सार सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको नाडाले जनाएको छ ।

कार्यक्रमका प्रमुख अतिथि तथा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले अटोमोवाइल व्यवसायीहरुले कर, भन्सार तथा भिसिटिएस सम्बन्धी यावत समस्याहरु भोग्दै आइरहेको सन्दर्भमा व्यवसायीहरुलाई यस बारे आवश्यक जानकारी दिने उद्देश्यले यस्तो कार्यक्रम विगत केही बर्ष अघिदेखि विभिन्न प्रदेशहरुमा समेत नाडाले सम्पन्न गर्दै आइरहेको र बाँकी प्रदेशहरुमा पनि सम्पन्न गर्दै जाने बताए ।

त्यस्तै, लुम्बिनी अटोमोवाइल्स एशोसिएशनका अध्यक्ष गणेश भट्टराईज्यूले नाडाले आफ्ना कार्यक्रमलाई केन्द्रमा मात्रै सीमित नराखी प्रदेशस्तरमा पनि सञ्चालन गरेकोमा धन्यवाद ज्ञापन गरेका छन् । प्रदेशस्तरमा समेत प्रशिक्षण कार्यक्रम गर्दा अटोमोबाइल्स व्यवसायीहरुको क्षमता अभिबृद्धिमा र कर सम्बन्धी जिज्ञासा समाधानमा सहयोग पुगेको उनको भनाइ छ ।

त्यस्तै, भैरहवा भन्सार कार्यालयका प्रमुख मणिराम पौडेल, आन्तरिक राजश्व कार्यालयका प्रमुख ध्रुव पाण्डे, राजश्व अनुसन्धान कार्यालयका प्रमुख राजनकुमार विसी तथा मुख्य प्रशिक्षक साहिल अग्रवालले प्रशिक्षण दिएका थिए ।

लुम्बिनी अटोमोवाइल्स एशोसिएशन अफ नेपालका ५२ सदस्य कम्पनीहरुको उपस्थिति रहेको थियो । त्यसैगरी उक्त कार्यक्रममा नाडाका अध्यक्ष कृष्ण प्रसाद दुलाल, महासचिव सुनिल रिजाल, सचिव अनुपकुमार बराल, कोषाध्यक्ष सुरेन्द्र कुमार उप्रेती, सहकोषाध्यक्ष विक्रम सिंघानिया लगायत लुम्बिनी अटोमोवाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष गणेशप्रसाद भट्टराई, वरिष्ठ उपाध्यक्ष सन्तोष पाण्डे, उपाध्यक्ष विजय कुमार गुप्ता, महासचिव रोशन पाण्डे, सचिव रामव्रसाद वेलवासे, कोषाध्यक्ष कृष्णप्रसाद भण्डारी तथा सदस्य प्रवेश भट्टराई, राधा कृष्ण ढेउला, चिन्तामणि पाण्डे समेतको उपस्थिति रहेको थियो ।

 

Logo