स्वदेश फर्किएका सन्दीपकाे हातमा प्रहरीकाे हतकडी [तस्विरहरु]

स्वदेश फर्किएका सन्दीपकाे हातमा प्रहरीकाे हतकडी [तस्विरहरु]

केन्द्रबिन्दु
0
Shares

नावालिग बलात्कारको आरोपमा पक्राउ परेका नेपाली क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेलाई गौशाला प्रहरी बृतमा लगिएको छ ।

कतार एवरवेजवाट स्वदेश फर्केका लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा आत्मसमर्पण गरे लगत्तै नेपाल प्रहरीले पक्राउ गरेर गौशाला लगेको हो । उनलाई प्रहरीले हत्कडी लगाएको छ । हतकडी लुकाउने प्रयासमा उनकाे हातमाथि रुमाल राखिएको छ ।  

प्रहरीका अनुसार जुन ठाउँमा उनीमाथी उजुरी परेको हो, सोही स्थानवाट कारवाही प्रक्रिया सुरु गरिनेछ ।  पक्राउ परे लगत्तै प्रहरी कारवाही सुरु भएको छ ।  आजै उनको मेडिकल चेकजाँच हुनेछ । भोलिसम्म दशैंको विदा र पर्सि शनिबारका कारण अदालतमा भने आइतबार मात्र उपस्थित गराइने बताइएकाे छ । 

गत भदौ २१ मा एक किशोरीले होटलमा लगेर जबर्जस्ती करणी गरेकाे भन्दै  सन्दीपविरुद्ध काठमाडौं प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् । त्यसपछि अदालतले पक्राउ अनुमति दिएलगत्तै नेपाल क्रिकेट संघ (क्यान)ले कप्तानबाट निलम्बन गरेको थियो । निलम्बन हुनुअघिसम्म क्यानको सम्पर्कमा रहेका सन्दीप त्यसपछि भने सम्पर्कविहीन भएका थिए । नेपाल प्रहरीको आग्रहमा उनीविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले डिफ्युजन नोटिससमेत जारी गरेको थियो । 

 

 

 

Logo