सडककाे ट्रयाक खाेल्न हेलिकोप्टरमार्फत् डोजर ढुवानी

सडककाे ट्रयाक खाेल्न हेलिकोप्टरमार्फत् डोजर ढुवानी

केन्द्रबिन्दु
0
Shares

रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाले सडकको अस्थायी ट्रयाक खोल्न हेलिकोप्टरमार्फत् डोजर ढुवानी गरेकाे छ। अप्ठ्यारो भुगोलका कारण सडक निर्माणका लागि डोजर हेलिकोप्टरबाट ढुवानी गरिएकाे मेयर गोरखबहादुर केसीले जानकारी दिए।

आठबीसकोट-३ मा रहेको डोजरलाई हेलिकोप्टरबाट ढुवानी गरेर वडा नम्बर १ मा लगिएकाे हाे। श्रमिक प्रयाेग गरेर सडक खन्न सम्भव नभएपछि डोजरको प्रयोग गर्नुपरेको उनले बताए।

आठबीसकाेट-३ खदीसम्म सडकको अस्थायी ट्रयाक खुलेको छ। तर, वडा नम्बर १ को उमाखोला, सिस्ने हिमालको काखमा रहेका चैतेखारा, फिलिगे, रोकाजा र ओग्लेमा सडक खन्न डोजरको सहायता लिनु परेको हो। सिस्ने हिमालको काखमा रहेकाले त्यहाँ अत्यधिक चिसाे हुने गर्छ।

वडा नम्बर २ को स्यालामा सडक निर्माण गर्दा झारमारे लेकबाट सामग्री ढुवानी गरिएको छ।

Logo