‘शैक्षिक प्रणालीमा सुधार नआउँदा देशबाट युवा विदेशिए’

‘शैक्षिक प्रणालीमा सुधार नआउँदा देशबाट युवा विदेशिए’

केन्द्रबिन्दु
588
Shares

–प्रतिष्ठा थापा रायमाझी

नेपालबाट विदेश पढ्न जानेहरूको संख्या दिन प्रतिदिन बढ्दो छ । नेपाली बजारलाई नियाल्दा रहरले भन्दा करले युवा विदेश बढी जाने गरेको पाइन्छ । पहिला पहुँच भएका परिवारबाट विदेश जाने चलन थियो । अहिले शिक्षा परामर्शहरूको बलियो नियमले गर्दा जुनसुकै ठाउँका विद्यार्थीहरू सहजै विदेश पढ्न जाने अवस्था बनी सकेको छ । जसले गर्दा विकट जिल्लाका विद्यार्थीहरू पनि बढ्दो संख्यामा विदेश गइरहेको देखिन्छ ।

तर, अहिले पढ्दै कमाउँदै गर्ने उद्देश्य राखी युवा विदेश जाने गरेका हामी पाउँछौं । जुन ट्रेन्ड अहिले अवस्थामा बढ्दो छ ।

सरकारले वा निजी क्षेत्रले लगानी गरेका अधिकांश क्षेत्रमा केही न केही बेथिति भेटिन्छन् । जसले गर्दा युवामा फ्रस्टेशन लेबल बढ्दै गएको छ । देशप्रति युवामा निराशा छ । पहिला पढ्नका लागि मात्र भनेर विदेश जाने गर्थे । तर, अहिले पढ्दै कमाउँदै गर्ने उद्देश्य राखी युवा विदेश जाने गरेका हामी पाउँछौं । जुन ट्रेन्ड अहिले अवस्थामा बढ्दो छ ।

आमा बाले पनि आफ्नो छोराछोरी विदेश पढ्न गइदिए हुन्थ्यो भन्ने चाहना राख्नाले गर्दा युवा विदेश जानुपर्ने देखिन्छ । केही वर्षयता विदेश पढाई साथसाथै काम गरेर पैसा कमाउँछु भन्ने मनसायले विदेश मान्छेहरू जान थालेका छन् । घरको आर्थिक अवस्था कमजोर भएकाले पनि विदेश कमाउन जानु पर्ने बाध्यता छ । यस्ता अनेकौं कारणले गर्दा युवाहरूलाई विदेश नै जान पाए हुन्थ्यो भन्ने छ ।

पढाई पूरा गरिसकेपछि स्वदेशमै केही गर्नुपर्छ भनेर म नेपाल फर्किएकाे मान्छे हुँ ।

पहिलाको तुलनामा अहिले नेपालको शैक्षिक क्षेत्रमा धेरै सुधार भएको छ । तथापि यो पर्याप्त भने छैन । यस क्षेत्रको सुधार निमित्त गर्नुपर्ने कामहरू धेरै छन् । शैक्षिक प्रणालीमा परिवर्तन नआएको कारण पनि युवा विदेशिएका हुन् कि भन्ने मलाई लाग्छ ।

एसएलसी उत्तीर्ण गरिसकेपछि मैले ए–लेबल पढ्ने माैका पाएको थिएँ । त्यो बेला ए–लेबल पढ्न पाउनु ठूलै विषय मानिन्थ्यो । मैले बुढानीलकण्ठ स्कुलबाट आफ्नो अध्ययनलाई अगाडि बढाए । डाक्टर पढ्ने वाहेक उक्त विद्यालयबाट अध्ययन गर्ने करिव ८० प्रतिशत विद्यार्थीहरू त्यो बेला अमेरिका पढ्न जाने गर्नुहुन्थ्यो । स्नातक तहसम्मको अध्ययन पूरा गरी मास्टर अफ बिजनेस एडमिनिस्ट्रेशन (एमबीए) पढ्ने इच्छा राखि एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआईटी) मा पढ्न गएको थिएँ । पढाई पूरा गरिसकेपछि स्वदेशमै केही गर्नुपर्छ भनेर म नेपाल फर्किएकाे मान्छे हुँ ।

यसको अर्थ विदेश बढ्न जाने सबै विदेशमा नै बस्छन् नेपाल फर्किँदैनन् भन्ने हैन । अहिले म ब्रिटिस काउन्सिल नेपालमा देशीय परीक्षा निर्देशक भएर काम गरिरहेको छु । नेपालमा ब्रिटिश काउन्सिल सञ्चालनमा आएको ६५ वर्ष भयो । ब्रिटिश काउन्सिल नेपालको इतिहासमा पहिलो पटक नेपाली देशीय परीक्षा निर्देशक भएको म हुँ ।

नीति नियम काममा सहजता ल्याउन बनाइने गरिन्छ । तर, यहाँ नीति नियम बाँध्ने किसिमको बनाइन्छ ।

अन्तर्राष्ट्रिय अंग्रेजी भाषा परीक्षण प्रणाली (आईलटीएस) गर्न चाहानेहरु प्राय शैक्षिक परामर्श दाताको सम्पर्कबाटै धेरै आउनु हुन्छ । जसलाई यसको प्रक्रियाको बारेमा थाहा हुँदैन, उहाँहरूका लागि शैक्षिक परामर्शका संस्थाहरूले सहज बनाइराख्नु भएको छ । पहुँच भएकाहरु चाहिँ प्रत्यक्ष आएर परीक्षा दिनुहुन्छ । व्यापारिक घराना, उच्च पदका कर्मचारी, राजनैतिक दलका साथै काठमाडौंका रैथानेहरूका छोरा–छोरीले चाहिँ प्रत्यक्ष पनि यसमा एपलाई पनि गर्नु हुन्छ ।

नीति नियम काममा सहजता ल्याउन बनाइने गरिन्छ । तर, यहाँ नीति नियम बाँध्ने किसिमको बनाइन्छ । सरकारमा जोसुकै पुगे पनि आफ्नो अधीनमा वा आफ्नो मुठीमा राख्नु पर्छ भन्ने मान्यता राख्नु हुन्छ । उहाँहरूमा विद्यार्थीहरू बाहिर गए भने स्वदेश फर्किँदैनन् भन्ने भाष्य पनि छ । सरकारले हामीले यहाँबाट केका लागि मान्छे विदेश पठाइरहेका छौं । नेपालबाट किन मान्छे बढ्दो संख्यामा विदेशी रहेका छन् भनेर अध्ययन गर्न जरुरी छ ।

एउटा विद्यार्थी विदेश पढ्न गएपछि पुगेको २/३ वर्षमा कमाएर पैसा पनि पढाउन थाल्छन् । विद्यार्थीले गर्दा पनि विदेशबाट अबौं रुपैयाँ रेमिट्यान्स भित्रिरहेको छ ।

सरकारले विदेश पढ्न गएकालाई यहाँ आएर काम गर्न सक्ने वातावरण मिलाउनु पार्ये हैन भने शारिसिक रूपमा भए पनि आउँने अवस्थाको सिर्जना गर्नुपर्यो । नभए उनीसँग भएको ज्ञानलाई कसरी लिन सकिन्छ ति विषयमा ध्यान पूर्याउनु पर्यो ।
सरकारले पढ्नको लागि वर्षेनी यति अर्ब यति खर्ब रुपैयाँ बाहिरियो भनेर भनिरहेका हुन्छ । एउटा विद्यार्थी विदेश पढ्न गएपछि पुगेको २/३ वर्षमा कमाएर पैसा पनि पढाउन थाल्छन् । विद्यार्थीले गर्दा पनि विदेशबाट अबौं रुपैयाँ रेमिट्यान्स भित्रिरहेको छ । सरकारले यी सबै विषयलाई सकारात्मक तरिकाले हेर्यो भने विद्यार्थी बाहिर जान र बाहिरका विद्यार्थी यहाँ अध्ययनका लागि भित्र्याउन सहज हुन्थ्यो ।

(रायमाझी ब्रिटिस काउन्सिल नेपालका देशीय परीक्षा निर्देशक हुन् ।)

Logo