आध्यात्मिक नव सन्यास दिवस

आध्यात्मिक नव सन्यास दिवस


२६ सेप्टेम्बर, १९७० मा भारतको हिमान्चल प्रदेशको मनालीमा भएको एक साधना शिविरमा यो शताब्दीका महान गुरु ओशोले परम्परागत रुपमा चलिआएको धर्मको सन्यासमा एउटा नबिन क्रान्तिको बिगुल फुक्दै अध्यात्मिक नव सन्यासको सुरुवात गर्नुभयो | उहाँले कृष्णमाथि प्रबचन दिँदै गर्दा नब सन्यासको सुत्रपात गर्दै १० जना साधक साधिकाहरु लाई नब सन्यासमा दिक्षित गरे | आनन्द मधु ओशो नब सन्यासकी पहिलो दिक्षित शिष्य हुन् | यसभन्दा अघि धर्ममा सन्यास लिनको लागि घर, परिवार, पेशा, ब्यबशाय, ब्यापार, जागिर चटक्कै छोडी, संसारबाट अलग भईसकेपछी फेरि संसारमा नफर्किने प्रतिज्ञासहित सन्यास लिने जुन पुरानो सन्यास परम्परा थियो त्यसलाई परिमार्जन गर्दै आफ्नो पेशा , ब्यबसाय , घरपरिवारबाट अलग नभईकन संसारका जिम्मेवारीहरु सम्हाल्दै सन्यास दिक्षा लिएर सन्न्यासी जीवन जिउदै ध्यान साधना गर्दै अनि सांसारिक जिम्मेवारीहरु समेत कुशलातापुर्बक निभाउन सकिन्छ भन्ने नया धारणा विश्वसामु ल्याउनु भयो |

यो धर्तीमा ओशोको आगमन पश्चात अनि उहाँको नव सन्न्यासको धारणापछि विश्वको धर्म र अध्यात्ममा नया आयाम थपिएको छ | सुरुमा यो नव सन्यासको धारणाप्रति तिब्र आलोचना भयो र समाजले अनि संगठित धार्मिक परम्पराले स्वीकार गरेनन् | तर अहिले बिस्तारै समाजले नब सन्यासको बैज्ञानिक धारणालाई स्वीकार गर्न थालेको छ | परम्परावादी सन्यासमा मान्छेले एकपटक सन्यास धारण गरेपछि फेरि सन्यास जीवन त्याग गरि पुनः सन्यासमा फर्कने परम्परा थिएन तर ओशोले एकपटक सन्यास लिएपछि पनि यदि उसलाई सांसारिक जीवनमा फर्कने ईच्छा भएमा फर्कन सक्छन भन्ने धारणा राख्नुभयो |

परम्पराबादी सन्यासमा यो खाने, यो नखाने, यो गर्ने, त्यो नगर्ने, इत्यादि नियमहरुको संगालो थियो तर ओशोले पहिलो पटक धर्तीमा संयासलाई तथाकथित नियमहरु बाट मुक्त गर्नुभयो | दैनिक रुपमा ध्यानको अनिवार्यताबाहेक नबसन्यासमा कुनै बनिबनाउ नियम छैनन् | आफ्नो जिबनको नियम आफ्नो स्वास्थ्यस्थिति, भूगोल, पेशा, ब्यबशाय, अनुसार आफैंले बैज्ञानिक रुपमा बनाई त्यसको पालन गर्ने नयाँ धारणा ओशोले नव सन्यासमा ल्याए |

अहिलेसम्म विकसित धार्मिक परम्पराहरुमा पछिल्लोसमय ब्रम्हाचार्यलाई सन्यासको अनिबार्य शर्त मानिएको थियो तर ओशोले नव सन्यासमा स्वभाविक रुपमा ब्रम्हाचार्य घटित भए त्यो अत्यन्त सुन्दर हो अन्यथा जबर्जस्ती ब्रम्हाचार्यमा बस्नु आवश्यक छैन भन्दै सन्यासीले विवाह गरी अथवा आफ्नो प्रेमी वा प्रेमिका बनाइ स्वभाविक र प्राकृतिक जीवन जिउन सकिन्छ भन्ने नया दर्शन दिनुभयो | संसारभरका ओशो कम्युनहरुमा, आश्रमहरुमा अनि ध्यान केन्द्रहरुमा २६ सेप्टेम्बेर (असोज १०) लाइ नब सन्यास दिवसको रुपमा स्मरण गर्ने र मनाउने गरिन्छ | ओशोले ध्यान, उत्सब र प्रेमलाई नबसन्यासको अंग मान्नुभएको छ | जोर्बा दि बुद्ध नवसन्यासको साध्य हो | जोर्बा जस्तै भौतिक समृद्धिको उपयोग अनि बुद्ध जस्तै ध्यानको गहिराईमा डुबुल्की मार्ने दर्शन ओशो नव सन्यासको प्रमुख देशना हो |

अहिले ति महान् गुरु ओशोको नव सन्यास अभियान नेपालका प्रणेता स्वामी आनन्द अरुणको फेसबुक पेज बन्द गरिएको छ | ओशो इन्टर्नेशनल फाउन्डेसन , पुनाले ओशोको नाममा झुटो ट्रेडमार्क र कपीराइटको अधिकारको दाबि गर्दै स्वामी आनन्द अरुणको फेसबुक पेज बन्द गरि ओशो अभियानलाई बाधा दिइएको छ | यसअघि पनि नेपालको ओशो कम्युन तपोबन र स्वामी अरुणको अध्यात्मिक अभियानमा बाधा र व्यवधानहरु हुदै आएका छन् | नेपालमा अहिले उहाँलगायत अरु ओशोको ध्यान संदेश फैलाउने धेरै फेसबुक पेजहरु बन्द भएका छन् | भारतमा पनि ओशो संदेश फैलाइरहेका हजारौं फेसबुक पेजहरु बन्द भएका छन् |

नव सन्यासको महान धारणा संसारमा स्थापित गर्ने महान गुरु ओशोको नव सन्यास अभियानका बाधा व्यवधान र चुनौतिहरु छिचोल्दै अघि बढ्नु नव सन्यासको वर्तमान चुनौति हो | ति चुनौतिहरु सामना गर्न अस्तित्वबाट शक्ति मिलोस भन्ने कामना गर्दै २६ सेप्टेम्बर नव सन्यास दिवसको उपलक्ष्यमा हार्दिक नमन !

Logo