शहीद दिवसका दिन नेपाली कांग्रेसका केही नेताहरु बानेश्वरको सडकमा बुट पलिस गर्न निश्किए । त्यसमध्येका थिए, चन्द्र भण्डारी । "/>

‘शेरबहादुरले छोड्नु पर्छ’: चन्द्र भण्डारी

‘शेरबहादुरले छोड्नु पर्छ’: चन्द्र भण्डारी

केन्द्रबिन्दु
0
Shares

शहीद दिवसका दिन नेपाली कांग्रेसका केही नेताहरु बानेश्वरको सडकमा बुट पलिस गर्न निश्किए । त्यसमध्येका थिए, चन्द्र भण्डारी । प्रस्तुत छ, केही समयदेखि पार्टी संस्थापनसँग गुनासो गर्दै आएका उनै नेता भण्डारीसँग समसामयिक राजनीतिक विषयमा केन्द्रबिन्दु डटकमकालागी विशेष संवाददाता पंकजबहादुर धामीले गरेको छोटो कुराकानी –

बानेश्वरमा तपाईहरुले सर्वसाधारणको जुत्तामा पोलिस लगाउनुभयो रे, के संदेश दिन खोज्नु भएको हो ?

– आज धेरै पछि शहीद दिवस र किसुनजी (कृष्णप्रसाद भट्टराई) लाई सम्झिदै उहाँको नेतृत्वमा आएको प्रजातन्त्रले श्रमको मूल्यपनि बुझेन् । जुत्ता पोलिस गर्नेहरु सामान्य भए, ठूला मान्छेहरु ठगेर खाने भए, देशको जिम्मेवारी लिने काम नगर्ने, विकासको जिम्मेवारी लिने तर काम नगर्ने ठूला मान्छे बने । त्यसकारण श्रमको मूल्य के हो त भन्ने कुरा र राजनीतिमा यो प्रवृतिले हुँदैन् पार्टीको शुद्धिकरण हुनुपर्छ भनेर हामीले यो अभियान चलाएका हौँ ।

चन्द्र भण्डारी र धनराज गुरुङले मात्र गरेर यो सम्भव हुने कुरा हो र ?

– कुनै पनि कुरा गर्न व्यक्ति वा समूहको कुरा होइन । हाम्रोमा एउटा समस्या केछ भने अत्यन्त हुने खानेहरुको प्रतिनिधित्व छ । साँझमा रक्सी खुवाउनेहरुको र माग्दा पैसा दिनेवालाहरुको बोलवाला छ । यसले बिचारको निर्माण गर्दैन । जस्तो न्यूटन भन्दा पहिले अरु कसैले स्याउ जमीनमा खस्छ भन्ने पत्ता लगाएको भएनी हुने नी । तर किन गरेन् । अब अफ्ठ्यारोमा देश र पार्टी पर्न थालेपछि, थोरैबाट त सुरु गरिन्छ जहाँ पनि ।

तपाईंलाई पार्टीले हरेक ठाऊँमा माइनस गरेको हुनाले त तपाईं सडकमा निश्कनु भएको होइन ? तपाईंप्रति पार्टी किन यतिधेरै कठोर भएको होला ?

– राजनीतिज्ञ भनेको जनताको अविभावक बन्नुपर्छ । राजनीति जनताले मत दिएर नेता बन्ने, जनताले पहिचान दिने । पहिचान दिएको ६ महिनामा नेताको मुहार परिवर्तन हुने, जनता परिवर्तन नहुने । हामी योजनाविद्ध बनाउने तर उनीहरुको परिवारमा परिवर्तन हुने, जनतामा नहुने । यी २ महत्वपूर्ण कुरा हेर्दा जनतालाई आश्वयक पर्ने योजना, नेतृत्व जनताको अभिभावक भएन भने यो समाज अघिजान सक्दैन । नेपाल जस्तो विश्वको सुन्दर देशका युवायुवतीहरु बिदेश पलायन हुनुपर्ने यस्तो अवस्थामा हामीले लामो केही गरौँ भन्ने भएर शहीद दिवसलाई जोडेका हौं । भारतका पूर्व राष्ट्रपति अब्दुल कलामले भनेजस्तै हरेक राम्रा निर्णयहरु अनुभवबाट प्राप्त हुन्छ, अनुभवहरु गलत निर्णयबाट प्राप्त हुन्छन् । हामीले पनि विगतमा धेरै गलत निर्णयहरु गर्र्यौ तर त्यसबाट पनि हामीले सिकेनौँ, अब सिकौँ भनेर शहीद दिवससित जोडेको हो । काँग्रेसले हार्यो भनेर अतालिएर सडकमा आएको होइन । राजनीतिमा देखिएको विक्रिति हटाऔँ भन्ने मात्र हो ।

तपाईले विकृति नेपालको राजनीतिमा देख्नुहुन्छ की नेपाली काँग्रेस भित्र पनि छ ?

– नेपाली काँग्रेसभित्र कमी कमजोरी नभएको भए र केही विकृती नभएको भए, जुन पार्टीले संविधान बनायो, संविधान कार्यान्वयनमा महत्वपूर्ण भूमिका खेल्दैछ, प्रदेशदेखि केन्द्रसम्मको चुनाव गरेको, संकटमा संविधान बनाएको, हिमाल पहाड तराईलाई मिलाएर लगाएको पार्टी पाराजय हुने थिएन । यसमा नेतृत्वको कमजोरी भएको कुरा हामीले महसुस गरेका छोँ । त्यस अनुसार हामीले यसलाई पार्टी सुद्धिकरणको अभियानसँग पनि हामीले यसलाई जोडेका छौँ ।

विश्वप्रकाश शर्मा पार्टीको प्रवक्ता भएपछि ६ भाइ समूहको कुरा त महासमिति बैठकमा मात्रै सिमित रह्यो नी, विशेष महाधिवेशन बोलाउनुपर्छ भन्ने तपाईहरुको माग थियो हैन ?

– हामी विधि र विधानभन्दा बाहिर जान सक्दैनौँ । पार्टी सभापती र हामी केन्द्रिय समिति सदस्यहरु चुनावबाट आएका हौँ । हाम्रो पार्टी सभापतिको नेतृत्व पार्टीलाई ठूलो घाटा लाग्यो तर त्यही नेतृत्वले स्थानीय तहदेखि प्रदेश र केन्द्रसम्मको चुनाव सफलतापूर्वक सम्पन्न गर्यो । त्यो देशका लागी महत्वपूर्ण उपलब्धि हो । तर उहाँको व्यवस्थापन, उहाँको कार्यशैली, उहाँले सबैलाई संयोजन गर्न नसक्नु, सही मान्छेहरुलाई टिकट दिन नसक्नु, कुनै चंगोलमा फस्नु, उहाँका केही अभिव्यक्तिहरुले हामीलाई अफ्ठ्यारो पार्यो । यसलाई महसुस गरेर नै हामीले भनेका छौँ, नयाँ कार्यशैली अपनाउनुपर्छ भनेका हाँै ।

विश्वप्रकाश शर्मा तपाईहरुको सल्लाहमा पार्टी प्रवक्ता हुनुभएको हो की ? सभापतिले आफ्नो जालमा फसाए ?

– हाम्रो जुन समूह छ अहिले ७ बाट २५ जना पुगिसकेका छौँ । हाम्रो अभियान अहिले गाउँ टोल हुँदै कृष्ण प्रसाद प्रतिष्ठानले पनि यही अभियनलाई सहयोग गरेको छ । शुद्धिकरण हुनुपर्छ भनेको छ । हामीले शु्द्धिकरणको विउ रोपेको हो । ७ जनाबाट फुटेर भएपनि उनले अवसर पाए, यो भन्दा पहिले एउटै समूहमा सबै अवुरहरु दिईन्थ्यो । हामीले पटक पटक त्यसको विरोध गर्यौं । अहिले नयाँ मान्छेहरुले पनि अवसर पाईरहेका छन् । समूहलाई कमजोर पार्न खोजिएपनि हामीले यसलाई सकारात्मक रुपमा लिनुपर्छ ।

तपाईहरुको शब्दमा पार्टी शुद्धिकरण भनेको सभापतिले राजीनामा दिएर नेतृत्व हस्तान्तरण गर्नुपर्छ भन्ने हो ?

– केन्द्रिय समितिको बैठक हुनुपर्छ, त्यसले महासमिति बैठक बोलाउँछ । महासमितिबाट विशेष महाधिवेशन गरेर हामी यसमा लाग्नुपर्छ । हामी नेतृत्वका लागी रोएका छैनौ । अब उहाँहरुले पार्टीका लागी जे गर्नुभयो–गर्नुभयो । पार्टीका लागी, प्रजातन्त्रका लागी, देशका लागी, उहाँहरुले आफ्नो जवानी दिनुभएको छ । आफ्नो उमेर दिनुभएको छ । पार्टी पनि चलाउनुभयो तर उहाँहरुको कारणले पार्टी चल्न सकेन । सरकार पनि चल्न सकेन । उहाँको कारणले समान न्याय भएन् । भागवण्डामा काँग्रेस गयो । काँग्रेसपार्टी एउटा पार्टी रहेन, ४–५ व्यक्तिहरु जस्तो भयो । त्यसैले यसलाई सिंगो नेपाली काँग्रेस बनाउनुपर्छ । यसका लागी उहाँहरुले विदा लिनुपर्छ । उमेरको कारणलेपनि । हिजोको उहाँहरुको गौरबमय इतिहासलाई हामीले सम्मान गर्दै अझ बढी सम्मान पाउनका लागी नेतृत्व अर्को पुस्तालाई हस्तान्तरण गर्नुपर्छ ।

अबको नेतृत्व कसले गर्छ ?

– जुन दिन संविधान जारी भएपछि शुसिल कोइरालालाई हार्ने चुनावमा उठाइयो नी त्यही दिनबाट काँग्रेसलाई समस्या परेको हो । त्यसको परीक्षण हुनुपर्छ । यसलाई ओरल मेडिसिन दिएर हुन्छ–नकी, ईन्जेक्सन दिनुपर्छ । तर, मलाई लाग्छ यसलाई इन्जेक्सन नदिइ हुँदैन् । ईन्जेक्सन कस्ले दिने भन्नुहुन्छ भने, अहिले त सबैका हात काँपीरहेका छन् । यसमध्ये हात नकाँप्ने नयाँ डाक्टरहरुबाट ईन्जेक्सन लगाउनुपर्छ भन्ने हो ।

अबको ५ वर्षसम्म नेपाली काँग्रेस के गरेर बस्छ ?

– सरकार भन्दा प्रतिपक्षी बलियो हुन्छ । यसले आर्थिक, सामाजिक, राजनीतिक, राष्ट्रिय हरेक विषयमा समान भएर राष्ट्रिय–अन्तरर्राष्ट्रिय विषयमा यसलाई जोडर बलियो भूमिका खेल्नुपर्छ । जसले गर्दा देशलाई सही दिशामा लान सकिन्छ ।

अहिले वाम गठबन्धनले बहुमत पाएका छन्, उनीहरुले युरोपियन कम्युनिष्टहरुको जस्तो देश चलाउनुभयो भने त देश त ध्वस्त हुन्छ त । पाएको उपलब्धी पनि गुम्न सक्छ ।

तर अहिलेको सरकारले गरेका पछिल्ला निर्णयहरुले त काँग्रेस प्रतिपक्षमा बस्न नचाहेको संकेत दिन्न र भन्या ?

– वितरणमुखी बजेट एमालेले सुरु गरेको हो । अहिले बृद्धभत्ता एमालेको मागिखाने भाँडो भएको छ । हस्पिटल खोइ बृद्ध भत्ता । बाटो खोइ बृद्ध भत्ता । स्कुल खोई बृद्ध भत्ता । सडक, सिचाँई खोई बृद्धभत्ता भन्ने जुन एमालेको थियो, त्यसलाई यो कार्यक्रमले अलिकति गाहे पारेको छ । त्यसकारण एमालेहरु बढी छटपटाएका हुन् भन्ने मलाई लाग्छ ।

Logo