के कांग्रेसमा देउवालाई हटाउन सम्भव छ ?

के कांग्रेसमा देउवालाई हटाउन सम्भव छ ?

केन्द्रबिन्दु
0
Shares

पंकज धामी

नेपाली कांग्रेस स्थापना भएको झण्डै सात दशक पुगेको छ । अहिलेसम्म काङग्रेसले स्थानिय र राष्ट्रियगरी दश वटा निर्वाचनमा भाग लिईसकेको छ । ती मध्ये दुईवटा स्थानिय निर्वाचन, एउटा प्रादेशिक निर्वाचन र सातवटा राष्ट्रिय निर्वाचन रहेका छन् ।

पछिल्लो समयमा जस्तो कांग्रेसले कहिल्यै पनि हार सहनु परेको थिएन । समानुपातिक निर्वाचन प्रणाली नभएको भए प्रत्यक्षमा कांग्रेसको हालत २०४७ पछिको राष्ट्रिय प्रजातन्त्र पार्टीको जस्तो हुने थियो । समानुपातिक निर्वाचन प्रणालीले कम्तीमा दोस्रो स्थानमा राखिदिएको छ । समानुपातिकमा एमाले सरह भोट आएपछि पराजित भएका छैनौ भनी प्रतिरक्षा गर्न पार्टी सभापतिलाई सजिलो भईरहेको छ ।

केही निर्वाचन वाहेक पहिलो दल नै वनेको थियो अथवा राष्ट्रिय राजनीतिको मियो कांग्रेस वनिरह्यो । तर पहिलोपटक नराम्रोसंग हार खानु परेको छ । यदी एमाले र माओवादी एकता भयो र सरकार वन्यो भने कम्तीमा ५ वर्ष सरकार वाहिर वस्नुपर्ने छ । केन्द्रमा मात्र होइन सातवटा प्रदेशमध्ये एउटा पनि प्रदेशमा कांग्रेसको सरकार वन्न गईरहेको छैन् । नेपाली कांग्रेसको हालत भारतको ‘इन्डियन नेसनल कङ्रेस’को भन्दा खराब भईरहेको छ ।

निर्वाचनको नतिजासंगै पार्टी नेतृत्वमाथि धावा वोलिएको छ । पार्टी सभापति शेरवहादुर देउवामाथि राजिनामा गर्न र नयाँ पुस्तालाई सत्ता हस्तान्तरण गर्नका लागि तिव्र दवाव परिरहेको छ । शेरवहादुर वाहेक पार्टीमा अन्य तीन गुट छन र सबैको एउटै एजेण्डा छ । वरिष्ठ नेता रामचन्द्र पौडेलले नेतृत्व गरेको गुट, कृष्ण प्रसाद सिटौलाको गुट र महामन्त्री शशांक कोइराल, शेखर कोइराला र सुजाता कोइराला सम्मिलित तीनवटै गुटले पार्टी नेतृत्वमाथि आक्रमण गरिरहेका छन् ।

निर्वाचन सम्पन्न भएपछि पहिलोपटक केही दिन अगाडी कोइराला परिवारका तीन सदस्यले वैठक गरेर पार्टीमा वढ्दो गुटवन्दीलाई अन्त गरेर पार्टीलाई एकतावद्ध वनाउन भुमिका खेल्ने वताएका थिए ।

देउवा र पौडेलको विचमा द्धन्द्ध वढदै जाँदा पार्टीको नेतृत्व पुन कोइराला परिवारको हातमा ल्याउन सकिन्छ कि भनेर कोइराला परिवार लागेको देखिन्छ । विगतको ७० वर्षको अधिकांश समय काँग्रेसको नेतृत्व कोइराला परिवारको हातमा थियो । विपी कोइरालको पुत्र भएकै कारण शशांकले महामन्त्रीमा राम्रो मत ल्याएर निर्वाचित भएका थिए ।
शशांक, सुजाता र शेखर तीनैजना आफुहरुलाई कोइराला परिवारको उत्तराधिकारीको रुपमा प्रस्तुत गर्न चाहिरहेका छन् । उता कृष्ण प्रसाद सिटौला समुह भने कमजोर हुँदै गएको देखिन्छ । सिटौलाको समुहबाट गगन थापा एक जनाले मात्र निर्वाचन जिते । पौडेल जस्तो, सिटौलाले भने नेतृत्वको आलोचना गरेका छैनन् वरु पछिल्लो पटक माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री वनाउने देउवाको अभियानमा हुने सहयोग गरिरहेका छन् ।

केही हप्ता यता निरन्तर रुपमा गुटका वैठकहरु समेत भईरहेका छन् । उता पार्टीका युवा नेताहरु भने यतिवेला पार्टीको पुर्ननिर्माणको खाका कोरिरहेका छन् । युवाहरुले नेतृत्व, विचार, नीति तथा कार्यक्रम तथा सांगठनिक पुर्नसंरचनाको अवधारणा तयार पार्ने तयारी गरिरहेका छन् । युवाहरुले आफुले नेतृत्व पाउनुपर्ने माग गरिरहेका छन् । तर पार्टी पुर्ननिर्माणको अभियानमा लागेका एक युवा नेता विश्वप्रकाश शर्मालाई प्रवक्ता वनाएर देउवाले युवाहरुको वीचमा नै विभाजन ल्याएका छन् । यतिवेला सर्वत्र चासो छ कि अब कांग्रेसभित्र के हुन्छ ?

निर्वाचनमा पराजय भोगेपछि देउवाले विहिवार पहिलोपटक केन्द्रिय समितीको वैठक वोलाए । विशेषत राष्ट्रिय सभाको निर्वाचनमा पार्टीको तयारीको वारेमा छलफल गर्नका लागि देउवाले सो वैठक वोलाएका थिए । उनले शुरुमा नै निर्वाचनको समीक्षा गर्नको लागि पछि केन्द्रिय समितीको वैठक वोलाउने अहिले निर्वाचनको वारेमा मात्र छलफल हुनुपर्ने वताएका थिए ।

तर केन्द्रिय सदस्यहरुले यसमा सहमती जनाएनन् । वैठकको केन्द्रिय विषय नै निर्वाचनको समीक्षा बन्यो । देउवामाथि तिव्र आक्रमण भयो । वरिष्ठ नेता पौडेलले पार्टीको संसदीय वोर्ड र केन्द्रिय कार्य सम्पादन समिति भंग गर्न आग्रह गरे । उनले विगतमा भएका गल्तीका लागि आफुले आत्माआलोचना गर्ने तर देउवाले पनि गल्ती स्वीकार गर्नुपर्ने आवाज उठाए । यति मात्र होइन, पौडेल पक्षका नेताहरुले पैसामा टिकट वेचिएको समेत आरोप लगाए । वैठकमा दुई पक्षका नेताहरुको विचमा नै घोचपेच समेत भएको थियो ।

अब के हुन्छ ?

तिव्र आलोचना हुने भएपनि विशेषगरी देउवा र उनका समर्थकहरु सकेसम्म निर्वाचनको समीक्षाको विषयलाई केही पर सार्ने पक्षमा छन् । निर्वाचन हारेको आक्रोश कम भएपछि मात्र यस विषयमा केन्द्रिय समितीको वैठन गर्ने पक्षमा देउवा छन् । त्यसैले पनि निर्वाचन सम्पन्न भएको झण्डै डेढ महिनासम्म पनि केन्द्रिय समिति वोलाउने काम भएन ।
देउवा पक्षधरहरुको भनाईमा स्थानिय निकायहरुले निर्वाचनको समीक्षा गरिरहेकै कारण थप समीक्षा गर्न आवश्यक छैन् । तर पनि तिब्र दवावपछि निर्वाचनको वारेमा समीक्षा गर्नका लागि केन्द्रिय समितीको वैठक वोलाउन देउवा तयार भएका छन । त्यसैले अबको एक महिनामा केन्द्रिय समितिमा निर्वाचनको विषयले प्राथमिकता पाउने छ । राष्ट्रिय सभाको निर्वाचनपछि हुने केन्द्रिय समितिको वैठकमा देउवाको थप आलोचना हुने छ ।

केन्द्रिय समितिपछि महासमिति
यतिवेला कांग्रेसमा तिव्र माग भईरहेको विषय–महासमितीको वैठक हो । त्यसका लागि देउवा समेत तयार भईसकेका छन् । अबको दुई महिनापछि सम्पन्न हुनेगरी कांग्रेसले महासमितिको वैठक गर्ने छ । तर नेतृत्वमाथि जति नै प्रश्न उठेपनि महासमितिलाई नेतृत्वको वारेमा निर्णय लिने अधिकार हुने छैन् । त्यसैले विधान संशोधन लगायतका काम सम्पन्न गरेर महासमितिको वैठक सम्पन्न हुने छ अथवा देउवाको नेतृत्वमाथि कसैले पनि चुनौती दिन सक्ने छैन । यतिवेलासम्म निर्वाचनको विषय किनारा लागिसकेको हुने छ । महासमितिको वैठक केही सांगठनीक निर्णयहरु लिएर सम्पन्न हुने छ ।

होला त नेतृत्व परिवर्तन ?
युवा वर्गको बलमा वरिष्ठ नेता रामचन्द्र पौडेल पार्टीमा नेतृत्व हत्याउन चाहान्छन् । तर पार्टीको विधान र प्रक्रियालाई राम्रोसंग केलाउने हो भने नेतृत्व परिवर्तनको कुनै पनि सम्भावना देखिदैन । २५ प्रतिशत महाधिवेशन प्रतिनिधीले हस्ताक्षर सहित माग गरेर पार्टीेले विशेष महाधिवेशन वोलाउनुपर्ने हुन्छ । तर नेतृत्व परिवर्तनको लागि भने दुई तिहाईको आवश्यकता पर्दछ जुन पौडल तथा सिटौला समुहसंग छैन । अहिले पनि देउवासंग वलियो समर्थन छ । त्यसैले पार्टी सभापति परिवर्तन हुने कुनै सम्भावना छैन् ।

पौडले पक्षको एउटै विकल्प भनेको पार्टीका अन्य पदहरु हत्याउने हो । त्यसैले पौडेल पक्षधरले काठमाडौ १ वाट निर्वाचित प्रकाशमान सिंहलाई संसदीय दलको नेता वनाउनुपर्ने माग गरिरहेको छ । त्यसैले शेरवहादुर देउवाले आफ्नो सभापतिको वाँकी तीन वर्षे कार्यक्राल नै पुरा गर्ने देखिन्छ । निर्वाचनमा पराजय भोगपछि देउवाले नैतिकताको आधारमा राजिनामा दिनुपर्ने हो तर त्यसका लागि उनी तयार देखिदैनन् । पछिल्लो समयमा देउवा नाम मात्रको सभापति भएको र पार्टीको सम्पुर्ण निर्णय उनकी श्रीमती आरजु राणा देउवाले लिने गरेको आरोप समेत लाग्ने गरेको छ । यतिसम्म कि पार्टीका नेताहरुले निर्वाचनमा टिकट पाउनको लागि प्रधानमन्त्री पत्नीलाई पैसा वुझाएको रिपोर्टहरु समेत सार्वजनिक भएका छन् । त्यसैले नेता अजुननरसिंह केसीले देउवालाई छायाँ सभापति भएको आरोप लगाएका हुन् ।

त्यसतर्फ संकेत गदै विहिवारको केन्द्रिय समितिमा केन्द्रिय सदस्य चन्द्र भण्डारीले टिकटको विक्री वितरण भएको आरोप समेत लताए । त्यसैले युवा वर्गले जति नै वल लगाए पनि तत्काल कांग्रेसको नेतृत्व, नीति र कार्यशैलिमा कुनै पनि परिवर्तनको सम्भावना देखिदैन । शेरवहादुरको वरिपरी रहेकाहरुले आफ्नो प्रभुत्व गुम्ने डरले देउवालाई कुनै पनि पार्टी रुपान्तरणको कदम लिन दिने छैनन् ।

 

 

Logo