‘दरवार हत्याकाण्ड वारे मलाई सवै थाहा छ,’ – माता सविता

‘दरवार हत्याकाण्ड वारे मलाई सवै थाहा छ,’ – माता सविता

केन्द्रबिन्दु
0
Shares

माताको रुपमा भविश्यवाणी गर्ने सविता सरू शर्मा आचार्य चर्चित नाम हो । आजका मितिसम्म लाखौको भविश्यवाणी गरिसकेको वताउने यी माता कहाँ सर्वसाधारण देखि कलाकार, ब्यापारी, लगायत शीर्ष नेताहरु समेत पुग्ने गर्छन् । उनको आश्रममा जुनसुकैवेला पनि घुइचो नै हुन्छ । धनकुटा देखि इटहरीहुँदै काठमाण्डौं आइपुगेकी मातासँग मनोरञ्जन गुरागाईंले गरेको कुराकानीको मूख्य अंश ।

माताजी, हिजोआज के गरेर दिन वित्दै छ ?
– जहाँ गएपनि भक्तजनहरुसँगै हुन्छु । भक्तजनहरु आफ्नो भविश्य सुन्न आतुर हुनुहुन्छ । म उहाँहरुको त्यही मनोकांक्षा पुरा गर्छु ।

अहिलेसम्म कतिजनाको भविश्य सुनाई सक्नु भएको छ ?
– अहिलेसम्म लाखौंको भविश्यवाणी गरिसकें होला । सवैलाई भेटेर मात्र भन्दिन । टेलिफोन, स्काइप, फोटो हेरेर लगायतका आधुनिक प्रविधिवाट पनि भन्ने गरेकी छु ।

कस्ता– मान्छेहरु बढी आउँछन् ?
– बढी त सर्वसाधारणहरू नै आउँछन् । नाम चलेकाहरु पनि उत्तिकै आउँछन् ।

नाम चलेकाहरु भनेपछि केहीको नाम लिनुस् न ?
– राजनीतिक मान्छेहरु, ब्यापारी, कलाकारहरु लगायत ।

जस्तो नाम भन्नुस् न ?
– नाम नलिनु नै ठीक हुन्छ कि ? उहाँहरूको ब्यक्तिगत कुरा हो यो ।

तर सामाजिक सञ्जालहरुमा त तपाईंले ठूला मान्छेहरुसँग खिचेको तस्विर पनि देखिन्छ नि ?
– देख्नु भएको तस्विरहरु सही हुन् ।

तस्विर अनुसार त पूर्वराजा ज्ञानेन्द्र, पूर्व प्रधानमन्त्री माधव नेपाल देखि अन्य नेताहरु पनि छन् नि ?
– हो । उहाँहरु आउनु भएको थियो । उहाँहरुसँग अहिले पनि सम्पर्क भइरहन्छ ।

उहाँहरु के भन्नुहुन्छ त ?
– उहाँहरुले भनेको कुरा भन्न मिल्दैन । त्यो नितान्त ब्यक्तिगत कुरा हो ।

तपाईंले गरेको भविश्यवाणी त भन्न मिल्छ नि ?
– मिल्छ ।

पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल कति पटक आउनु भयो तपाईं कहाँ ?
– प्रधानमन्त्री हुनु अघि र त्यसपछि पनि ।

प्रधानमन्त्री हुनु अघि तपाईंले के भविश्यवाणी गर्नु भएको थियो ?
– चुनाव हारेपनि प्रधानमन्त्री हुनुहुन्छ भनेकी थिएँ । दोस्रो संविधानसभाको चुनावमा एक ठाऊँवाट जित्ने र अर्को ठाउँवाट हार्ने जस्तो उहाँले सुनाउनु भएको थियो । मैले उहाँलाई दुवै ठाउँवाट जित्नु हुन्छ भनेकी थिएँ ।

माधव नेपालको वारेमा अन्य भविश्यवाणी पनि गर्नु भएको छ ?
– छ । उहाँ फेरि देशको प्रधानमन्त्री बन्ने योग छ ।

अन्य नेताहरु क–कस्को भविश्यवाणी गर्नु भएको छ ?
– हिसिला यमी, पम्फा भुषाल, प्रदीप नेपाल, सुजाता कोइराला, रामचन्द्र पौडेल आदि धेरै जनाको ।

पूर्वराजा ज्ञानेन्द्रप्रतिको तपाईको भविश्यवाणी चाहिं के छ ?

– राजा ज्ञानेन्द्रको तेस्रो पटक पनि राजा हुने योग छ । मैले यो भविश्यवाणी उहाँलाई पनि सुनाई सकेकी छु ।

कसरी भेट भयो पूर्वराज ज्ञानेन्द्रसँग ?
– उहाँलाई मैले निर्मल निवास गएरै भेट गरेकी हुँ । मैले त्यहाँ तीन घण्टा लगाएर भविश्यवाणी सुनाएकी थिएँ ।

निर्मल निवास कस्तो लाग्यो ?
– निर्मल निवासको वास्तु दोष छ । म त्यहाँ पुग्दा त्यहाँका चरा–चुरुंगीले मलाई घेरे । मैले उनीहरुसँग कुरा गर्ने मौका पाएकी थिएँ । त्यहाँका चराहरुले दरवार हत्याकाण्डमा मारिएका सदस्यहरुको आवाजमा मसँग कुरा गरे । त्यहाँ राजा वीरेन्द्र पनि हुनुहुन्थ्यो । उहाँले देशमा शान्ति हरायो माता केही गर्नु प¥यो भनेर चिन्ता प्रकट गर्नु भयो ।

अनि ?
– मैले यो कुरा राजा ज्ञानेन्द्रसँग पनि राखें ।

उहाँले के भन्नु भयो त ?
– उहाँले आफूलाई पनि चराहरुले घेर्ने गरेको वताउनु भयो ।

अरु के–के भविश्यवाणी छन् पूर्वराजाका वारेमा ?
– राजसंस्था फर्कन सक्ने संभावना छ । राजा ज्ञानेन्द्रको तीन पटक राजा हुने योग छ । उहाँको नाती हृदेन्द्रको पनि राज योग छ ।

तपाईंलाई दरवार हत्याकाण्डको वारेमा पनि थाहा होला नि ?
– थाहा छ । दरवार हत्याकाण्डवारे मलाई सवै थाहा छ । तर यी कुरा तपाईंलाई भन्न मिल्दैन ।

जतिभन्न मिल्छ, भन्दिनुस् न ?
– नेपाल वाहेक अरु दुईवटा देशका मानिसहरुको आवद्धता छ । त्यसैगरी नेपालमा नै राजनीति गर्ने भनौदाहरुको पनि हात छ । जो जीवित वा मरिसकेको पनि हुनसक्छ ।

दुई देश भन्नाले कुन–कुन देशका नागरिक भन्न खोज्नु भएको हो ?
– मलाई प्राप्त शक्तिले नेपाल वाहेकका दुई देशका नागरिक देखिन्छ । देशको नाम भन्न मिल्दैन । नारायणहिटी, सिंहदरवार, बालुवाटार, निर्मल निवास लगायतका प्रमुख घरहरुमा वास्तु दोष रहेकाले यस्ता घटनाहरु हुन्छन् । यो स्वभाविक हो ।

देशको वारेमा पनि भन्दिनुस् न ?
– ०७४ देखि विकासको मुल फुट्छ । शान्ति हुन्छ । तर अर्को एउटा क्रान्ति नभइ शान्ति हुँदैन ।

तपाईंको कुरामा विश्वासगर्ने आधार के छ ?
– मैले गरेका पुराना भविश्यवाणीहरु हेर्नुस् । पहिलो संविधानसभाले संविधान दिंदैन भनेकी थिएँ । माघ –८ मा संविधान आउँदैन पनि भनेकी थिएँ । अहिलेसम्म मैले गरेका भविश्यवाणी मिलेकै छन् । मेरो सम्पर्क नंबर ९८४२२१७१६२ हो ।
तर मप्रति विश्वास नहुनेले मलाई फोन गर्ने र भेट्न आउने नगरे हुन्थ्यो अनि मेरो फेसबुक पेजमा अनावश्यक लेख्ने काम नगरे हुन्थ्यो भन्ने मेरो अनुरोध पनि छ ।

Logo