“यस्तो छ, नमस्कार र मौनधारण गर्नुको अर्थ”

“यस्तो छ, नमस्कार र मौनधारण गर्नुको अर्थ”

केन्द्रबिन्दु
0
Shares

डा. बासुदेवकृष्ण शास्त्री

आधुनिक बिज्ञानले कोरा भौतिक शास्त्रको कुरा गर्छ । तर बैद्धिक विज्ञानले आध्यात्म सहितको बिज्ञान शास्त्र तयार गरेको छ । परम्परागत रुपमा हामीले गर्दै आएका कतिपय दैनिकीहरुमा अन्तत बिज्ञान मिसिएको हुन्छ नै । नमस्कार, मौनधारण, जनै लगाउने लगायतका हरेक कुरा बैद्धिक बिज्ञानसम्मत छन् । जस्तो,

नमस्कार किन ?
विभिन्न धर्ममा सत्पुरुष, बद्धिजीवी, महात्मा, आदर्श ब्यक्ति र आफ्ना साथीभाइ एवम् आफन्तजनलाई नमस्कार गर्ने प्रचलन रहेको छ । नमस्कारले मानिसको आत्मियता प्रकट गर्न सहयोग गर्दछ । हिन्दू धर्ममा अभिवादन (नमस्कार) पद्धति शास्त्रीय रहेको छ ।

विशेषगरी ज्येष्ठ एवम् श्रेष्ठ व्यक्ति आफूभन्दा साना व्यक्तिलाई आर्शिवाद दिनका लागि आफ्नो हात शिरमा राख्ने प्रचलन रहेको छ । यस्तो जान अन्जानमा प्रेमले भरिपूर्ण हातद्धारा आफ्नो आत्मियता प्रकट हुने विश्वास गरिएको छ । बाहिर बाटोमा हिडिरहेको समयमा दुई हात जोडेर नमस्कार गर्नु उचित हुन्छ । तर दुवै पद्धतिमा आफ्नो शिर झुकाउनु चाहिं पर्छ नै ।

नमस्कार गरिसके पछि स्वीकार्ने ब्यक्तिले पनि आफ्नो शिर झुकाउनु पर्दछ ।
सत्पुरुषलाई नमस्कार गर्दा साष्टाङ्ग दण्डवत् गर्नु पर्छ भनेर शास्त्रमा उल्लेख छ । दुई हात, दुई घु“डा, दुई पैताला (गोडा) ले भूमिस्पर्श गरेर गरिने प्रणाम (अभिवादन) नै साष्टाङ्ग दण्डवत् हो । ठूला– साना दशैवटा औंलाहरु मिलाएर गरिने नमस्कार समावेसी हो । मन्दिरमा पनि आफ्ना इष्टदेवलाई प्रणाम गर्दा दण्डवत् भएर गरिने नमस्कार महत्वपूर्ण मानिएको छ । वैदिक विधिअनुसार यदि कुनै जीवात्मा परमात्माका सामुन्ने झुकेर, नम्रतापूर्वक साष्टाङ्ग या नमस्कार गर्दछ भने त्यहा“ कुनै आपत्ति हु“दैन । सार्वजनिक ठाऊ“मा विवादित पुरुषलाई साष्टाङ्ग गर्दछ भने त्यो चाहिं विवादित अथवा निन्दनीय बन्न सक्छ ।

मौनधारण किन ?
मौनधारण सम्पूर्ण मानिसका लागि आवश्यक छ । प्राचीन ऋषिमहर्षिहरु पनि विभिन्न योगा, ध्यान, तपस्या आदिका माध्यमबाट दैनिक मौनधारण गर्ने गर्दथे । नियमित मौनधारणका विषयमा धर्मशास्त्रमा भनिएको छ, –

उत्सर्गे मिथुने् चैव प्रस्रवे दन्तधावने ।
श्राद्ध भोजनकाले चषट्सु मौनं समाचरेत् ।।

(अर्थात मलमुत्र त्याग गर्ने समय, मैथुनको समय, पसिना आएको समय, नाक–कानमा रहेको फोहोर फाल्ने समय, शरीरवाट रगत बगिरहेको समय, श्राद्ध र भोजनको समयमा मौन रहनु आवश्यक छ ।)

मौनधारणको समय नबोल्नु जति महत्वपूर्ण छ, त्यहा“भन्दा बढी महत्वपूर्ण मनमा कुनै पनि ब्यवहारिक विचार नल्याउनुमा छ । परमार्थसिद्धिका लागि पनि कुनै पनि ब्यवहारिक अस्पष्ट विचारलाई मनमनै विचार गर्नु पर्छ भन्ने मान्यता रहेको छ । यही नै मौनधारणको सही अर्थ हो । मौनधारणबाट शक्ति सञ्चय हुने कुरा आधुनिक बिज्ञानले पनि प्रमाणित गरिसकेको छ ।
केही ब्यक्तिहरु अष्टमी, एकादशी, पूर्णिमा अथवा औशीका दिन मौनधारण गर्छन् । साथै केही ब्यक्ति साप्ताहिक वा पाक्षिक रुपमा पनि मौनधारण गर्छन् । यदि मौनधारणको दिन उपबास बस्ने हो भने पनि शक्ति र स्वास्थ्यमा अझै बढी प्रभावकारी हुने कुरा प्रमाणित भइसकेको छ ।

मौनधारण ब्यवहारिक हिसावमा पनि उचित छ । कुनै संकट परेकावेला, नया“ सृजनाका जानु परेकावेला देखि जुनसुकै यस्ता कार्यमा पनि मौनधारणवाट नया“ कुरा प्राप्त हुन सक्छ । मौनधारणाबाट आएको कुरा मनवाट आएको हुनाले यो दिमागी हिसाव किताव भन्दा महत्वपूर्ण हुन्छ । मौनधारणाले मानिसको उर्जा पनि सञ्चित हुने पक्का छ ।

डा. बासुदेवकृष्ण शास्त्री

(शास्त्रीय मान्यता भित्र पनि बिज्ञान लुकेको हुन्छ । नमस्कार र मौनधारण यसैको उपज हो । यही विषयलाई यस पटक मासिक पत्रिका दिग्दर्पणवाट उल्लेख गरिएको हो । सं)

 

Logo