एक्लिदै पशुपति शम्शेर

एक्लिदै पशुपति शम्शेर

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । ४ साउन, काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय कार्य समितिको बुधबारको बैठकमा बरिष्ठ नेता पशुपतिशम्शेर राणा उपस्थित भएनन् । बैठकमा नजाने भनिएका धेरै जसो नेताहरुले भाग लिएपछि पशुपति शम्शेर एक्लिएका हुन् ।

अध्यक्ष कमल थापाले साढे तीन दर्जन केन्द्रीय सदस्य एकलौटी रुपमा थपेपछि राप्रपामा विवाद चुलिएको थियो । अध्यक्षको त्यो निर्णय फिर्ता नहुँञ्जेलसम्म बैठक बहिष्कार गर्ने केही नेताहरुले सार्वजनिक मन्तब्य र प्रेस बिज्ञप्ती नै जारी गरेका थिए । तर, बुधबारको बैठकमा त्यस्तो देखिएन । नाम चलेका नेतामा पशुपति शम्शेर राणा मात्र अनुपस्थित देखिए । यतिकि बरिष्ठ नेता लोकेन्द्र बहादुर चन्द समेत बैठकमा उपस्थित भए ।

बरिष्ठ नेता पशुपति शम्शेरलाई साथ दिने भनिएका नेताहरु दिपक बोहोरा, ध्रुबबहादुर प्रधान, बद्री पाण्डे लगायतका नेताहरु बैठकमा सहभागी भए ।

स्थानीय तह दुई चरणको निर्वाचनमा लज्जाजनक हार व्यहोरेपछि त्यसको समीक्षा गर्दै भावी रणनीति तय गर्न केन्द्रिय कार्य समितिको बैठक बोलाइएको हो । बैठकमा पार्टी सरकारमा सहभागी हुने, नहुने विषयमा पनि ठोस धारणा तय हुनेछ । तीन दिनसम्म चल्ने बैठकमा पार्टीले आगामी बाटो तय गर्ने बताइएको छ । राणा पक्ष जसरी पनि सरकारमा सहभागी हुने पक्षमा छ भने थापा पक्ष उपप्रधानमन्त्री लगायत ५ मन्त्रालय पाउनु पर्ने अडानमा छ ।

 

Logo