ज्यो.प.डा. बासुदेवकृष्ण शास्त्री


वास्तुशास्त्र वैदिक विज्ञान हो । "/>

सिंहदरवार र बालुवाटार बस्नेलाई कहिल्यै शुभ हुँदैन

सिंहदरवार र बालुवाटार बस्नेलाई कहिल्यै शुभ हुँदैन

केन्द्रबिन्दु
0
Shares

दावी

ज्यो.प.डा. बासुदेवकृष्ण शास्त्री

वास्तुशास्त्र वैदिक विज्ञान हो । पृथ्वीको दिशा र आकर्षण शक्तिलाई लिएर वास्तुशास्त्र तयार भएको हुन्छ । । यो पञ्चतत्व अर्थात् पृथ्वी, जल, तेज, वायु र आकाशसँग सम्बन्धित छ । यस हिसाबबाट हेर्दा नेपालका मुख्य प्रशासनिक केन्द्रहरू सबै काम नलाग्ने छन् । 

प्रशासनिक केन्द्रको वास्तु नमिलेकाले नै देश अशान्ति, विद्रोह, कलह, आन्दोलन आदिको भुमरीमा परेको हो । मुलीको रुपमा सिंहदरवार र बालुवाटार जसले टेक्छ, त्यसको मनस्थिति बदलिन थाल्छ । एउटा कुरामा प्रतिबद्ध भएर त्यहाँ पसे पनि उसले केही गर्न सक्दैन । आजसम्म भएको पनि त्यही नै हो र यो क्रम निरन्तर चलिरहन्छ । 

सिंहदरवारको वास्तु यति निकम्मा छ कि त्यो सुधारेर पनि सुध्रिन्न । पूर्वराजा ज्ञानेन्द्रले शासन हातमा लिएपछि पूर्वबाट ढोका खोलेर दोष कम गर्ने प्रयास भएको थियो । तर एकपटक आगो लागेको घर कहिल्यै शुभ हुन सक्दैन । प्रधानमन्त्रीको कार्यालय त्यहाँबाट अन्यत्र नसारूञ्जेल समस्याहरू आइरहन्छन् । भुकम्पले भत्काएर क्षती पुगेको हुनाले अव झनै बस्न लायक छैन । 

बालुवाटार पनि दोषैदोषले भरिएको छ । उत्तरतिर प्रवेशद्धार र अग्ला रूखहरू अनि दक्षिणतिर गहिरो भाग बालुवाटारका नकारात्मक पक्ष हुन् । यस्तो प्रकृतिले त्यहाँ बस्ने मुलीलाई सकारात्मक सोच्न दिँदैन । यसले मुलीलाई डुबाएरै छोड्छ । प्रधानमन्त्रीहरू सग्लो निस्कन नसक्ने कारण पनि यही नै हो । 

उपराष्ट्रपतिको कार्यालय बहादुर भवन झनै मिलेको छैन । त्यसो त अन्य धेरैजसो मन्त्रालयको वास्तु पनि निकम्मा नै छ । प्रवेशद्धार, शौचालय, भान्सा, मुल मान्छे बस्ने कोठा आदि मिलेन भने दोष लाग्ने हो । यी कुनै पनि भवन दोषमुक्त छैनन् । शिक्षा, आपूर्ति, अर्थ, गृह आदि मन्त्रालय कुनै पनि दोषमुक्त छैनन् ।

प्रत्येक भवनको आ–आफ्नै समस्या छ । देश पनि समस्यामा नै छ । तर वास्तुशास्त्रमा दोष कम गर्ने उपाय हुन्छ । यसका लागि सबैभन्दा पहिला हाम्रो दक्षिण सीमामा ठूलो पर्खाल लगाउनुपर्छ र बाक्लोगरी रूख रोप्नुपर्छ । यति गरियो भने समस्याहरू हराउँदै जाने छन् । होइन भने देश अहिलेजस्तै बिभिन्न समस्यामा परिरहन्छ । देशबासीले दःुख पाइरहन्छन् ।

(वास्तुशास्त्रका विद्यावारिधी शास्त्रीसँगको कुराकानीमा आधारित ।)

 

Logo