मनोरञ्जन गुरागाईं । "/>

ट्राफिकको ज्यादतीमा परें !

ट्राफिकको ज्यादतीमा परें !

केन्द्रबिन्दु
0
Shares

 

मनोरञ्जन गुरागाईं ।
ज्यानभन्दा ठूलो ‘फाइन’ होइन भनेर चित्त बुझाएँ ।

गत ३ गते भद्रकालीवाट सिंहदरबारको वाटोहुँदै मोटरसाइकलमा अघि बढ्दै थिएँ । एक्कासी पछाडिवाट एउटा बस अति द्रुतगतिमा आएको दाहिनेतिरको ‘लुकिङग्लास’वाट देखेँ । बसको विश्वास नलागेर म सेतोरेखालाई छुवाउन खोज्दै गति कम गर्न थालेँ । तर बसको गति भने घटिरहेको थिएन । मलाई डर लाग्नथाल्यो ।

दिउसो भएकाले सिंहदरबारको वाटो खाली–खाली थियो । त्यही मौकालाई बसले सदुपयोग गर्न खोजेको थियो क्यार । करिव ५ सेकेण्ड पनि नपुगि बस बाइककै छेउमा आइपुग्यो । गर्दागर्दै बस मेरै बाइकको पुच्छरमा आइपुग्यो । देब्रे ‘लुकिङग्लास’वाट हेरें, अर्को लेन खाली थियो । बसले अव ठोक्यो भनेपछि अन्तिम अवस्थामा ज्यान जोगाउन मैले देब्रेतिरको सेतोरेखा थोरै काटेर बसलाई बाटो छोडिदिएँ । त्यसो नगरेको भए बसले मलाई हान्थ्यो नै । त्यसकारण ज्यान जोगिएकोमा खुसी हुँदै मात्र के थिएँ, ट्राफिकको सिटी सुन्न थालेँ ।

अगाडिवाटपनि र पछाडिवाट पनि ट्राफिकको सिटी बज्न थाल्यो । तत्कालै थाहा भयो, मेरैलागी बजेका रहेछन् सिटी । अगाडिवाट र पछाडिवाट पनि ट्राफिक म तिर कुदेर आउन थाले । मानौं म ठूलो अपराध गरेर भाग्दै थिएँ । बाइक रोकें । ट्राफिकले ‘लाइसन्स’् माग्यो । मैले किन दिने ‘लाइसन्स’् भनेँ । ‘लेनक्रस’ भएको छ, त्यही भएर निकाल्नुस् भनेर अलि कडा शब्द प्रयोग हुन थाल्यो ।

‘५ सेकेन्डभन्दा बढी ‘क्रस’ भएको छैन । त्यो बसले त्यस्तो गतिमा नकुदाएको भए मैले ‘क्रस’ गर्नुपर्ने पनि थिएन । ज्यान जोगाउन यस्तो गर्नु परो । फेरि मेले ‘क्रस’गर्दा पछाडिवाट गाडी पनि आइरहेको थिएन ।’ मैले जे–जे भनेपनि सूर्यबहादुर बिक नामका ट्राफिक ‘कन्भिन्स्’ भएनन् । अन्तत लाइसेन्स् दिनै परो । मेरो नाममा चिट काटियो, ‘लेनक्रस’मा चिन्ह लगाएर । त्यसपछि कामत थरका ‘सही’ आइपुगे मेरो छेऊमा । अरुले चिट काटिसकेपछि मैले बोल्न मिल्दैन भन्दै उनी तर्केर हिडे, मेरो कुरा सुन्नै मानेनन् । एकातिर ज्यान जोगिएकोमा खुसी लाग्यो भने अर्कोतिर अब्यवहारिक ढंगले चिट काटिएकोमा दुखपनि ।

म अति होसियार भएर ‘ड्राइभिङ’ गर्छु । मेरो पछाडि बस्ने जो कोहीले भन्ने गरेका छन् । ५ बर्ष युरोप बस्दा ‘ड्राइभिङ’ सम्बन्धी एउटा घटना पनि घटेन । त्यहाँ कानुनलाई टेकेर निर्णय गरिन्छ । साथै, न्याय–अन्याय पनि हेरिन्छ । मैले त्यहाँ ‘ड्राइभिङ’ गरेवापत कहिल्यै फाइन तिर्नुपरेको थिएन । किनभने म ट्राफिक नियमप्रति अतिनै सचेत छु ।

अर्कोदिन लाइसन्स् लिन बग्गीखाना पुगेँ । मलाई ट्राफिकका हाकिमलाई भेटेर कुरा राख्न मन लाग्यो । ‘पुलिस मेरो साथी’ भन्ने नारालाई ब्यवहारमा कसरी लागु गरिएको रहेछ भन्ने हेर्न मन लाग्यो । त्यसकालागी ४ नं कोठामा बसेका डिएसपीलाई भेट्न दिइयो । मैले ती डिएसपीलाई सवैकुरा राखें । ‘ज्यान जोगाउन ५ सेकेन्डकोलागी ‘लेनक्रस’ गर्नु परो । त्यो बसको स्पिड र मेरो गल्ती सिसिक्यामेरामा हेर्नुस’् लगायतका कुरा गरें । तर ती डिएसपीले अरुले काटेको चिटमा मैले केही गर्न मिल्दैन भनेर थोत्रो तर्क सुनाए । ट्राफिकको ब्यवहार चित्त बुझ्दैन भने यातायात ब्यवस्था विभाग जानुस् भनेर उनले बटारिएको निश्कर्ष सुनाए । त्यसपछि बाध्य भएर कक्षा लिन पसें ।

मैले जे–जे प्रश्न गरेपनि जनशक्ति कम छ भन्दै ‘सरी’ भन्थे कक्षा लिने पुलिसले । ‘लेफ्ट साइडेड’ देशमा देब्रेसाइडतिरको एउटा वाटो ‘एक्जिट’ लाई भनेर छोडिएको हुन्छ । हामीकहाँ किन हुँदैन भनेर पनि मैले सोधेको थिएँ । यस प्रश्नमा पनि ती अध्यापकले जनशक्ति छैन भनेर निरिहता प्रदर्शन गरे । त्यहाँ कुरा राख्नु मुख दुखाउनु मात्र हो भनेर म बोल्नै छोड्दिएँ ।

नेपाली ट्राफिकले ‘वल्र्ड ट्राफिक’ सम्बन्धी नियम पढ्दैनन् कि जस्तो लाग्यो मलाई । जनशक्ति नथपि हुने, सामान्य जानकारी राखेर हुने जस्ता विषयलाई आत्मसाथ गर्दा के फरक पर्छ र ? एक घुड्की वाइन पिएपनि उही र दुई बोतल खाएपनि उही भन्नेकुरा तर्कसंगत छैन र ब्यवहारिक पनि छैन । संसारमा यो छुट्न्छि तर नेपालमा छुट्टिदैन । यस्ता धेरै जात्रा कायम राखेर हामी बसेका छौं ।

यी र यस्ता नचाहिँदा नियम किन राखियो होला भनेर खोज्दै जाँदा थाहा भयो, चिटकाटे बापत ट्राफिकलाई निश्चित प्रतिसत कमिसन दिने ब्यवस्था गरेकाले उनीहरु साना–साना निहुमा पनि ठूलो चिट काट्दा रहेछन् । सिसि क्यामेरावाट हेरेर निर्णय गर्नुपर्नेमा फिल्डमा कमिसन दिने ब्यवस्था गरेपछि जो कोही अन्यायमा पर्नु स्वभाविक पनि हो । किनभने बैधानिक कमिसन पनि भ्रष्टाचारकै एउटा पाटो हो । यस सवालमा मैले ट्राफिकवाट लुटिएको महसुस गरेँ । २१ औं शताब्दीमा बैधानिक कमिसनको ब्यवस्था गरेर हामी जंगली अवस्थामा नै छौं भन्ने कुरा मन भित्र गड्दै पनि गयो ।

‘डिएसपीसम्मलाई भेटेर कुरा राखेको हुनाले धन्न १५ सयसम्मको ठाऊँमा मात्र ५ सय तिर्नु परो’– रकम तिरेपछि मैले मन बुझाउने तर्क खोज्न थालेँ । तिरेको रकम २०–२५ प्रतिसत ट्राफिकले खाएपनि अरु त सरकारी ढुकुटीमा जान्छ भन्ने तर्क पनि आयो । मन अली हलुका भयो । ५ सय जरिवाना भरेपनि ज्यान जोगियो भन्ने हिसाव संझिदा त पुरै चित्त खुसी भयो ।

Logo