तपाईंको यो साताको ग्रहदशा कस्तो रहला ? हेर्नुहोस् साप्ताहिक राशिफल

तपाईंको यो साताको ग्रहदशा कस्तो रहला ? हेर्नुहोस् साप्ताहिक राशिफल

केन्द्रबिन्दु
0
Shares

माघ ७ गते आइतबारदेखि माघ १३ गते शनिबारसम्मको राशिफल।

ज्योतिष शास्त्रका अनुसार ब्रह्माण्डमा कुल ९ ग्रह, सूर्य, चन्द्रमा, मंगल, बुध, बृहस्पति, शुक्र, शनि, राहु र केतु छन् । त्यसैगरी १२ राशी छन्। वैदिक ज्योतिषमा, जन्मको समयमा चन्द्रमा रहेको राशिलाई व्यक्तिको राशि भनिन्छ।

हामी ग्रह स्थितिअनुसार साप्ताहिक राशिफल मूल्याङ्कन र भविष्यवाणी प्रदान गर्दछौं। साप्ताहिक राशिफलको मद्दतले तपाईंले आगामी साता तपाईको लागि कस्तो रहनेछ, के नयाँ हुन सक्छ, तपाईंको भाग्यले कति साथ दिनेछ भन्ने कुरा थाहा पाउन सक्नुहुन्छ ,समयले सबै राशिका लागि मिश्रित प्रभाव ल्याउनेछ। तपाईंको राशि अनुसार थप योजनाहरू बनाउनुस् । हामीले प्रधान गरेको उपायले तपाईंको यो साता राम्रो बित्ने छ। सबैलाई सबै राशिका कुरा नमिल्न सक्छ,यो भविष्यवाणी ग्रह गोचरको आधारमा हुनेछ। यदि तपाईंहरुले हामीले दिएको उपाय गर्नु भयो भने तपाईंहरुको यो साता राम्रो बित्नेछ।

हेर्नुहाेस्, ज्योतिषी आचार्य श्री प्रकाश पौडेलद्वारा तयार पारिएको यो साताको राशिफल-

मेष राशि –

मेष राशि हुनेहरुका लागि यो साता व्यावसायिक हिसाबले राम्रो हुनेछ। मानिसहरूले तपाईंको प्रतिभालाई चिन्ने छन्। यो साता तपाईंले सुरुमा सेयर बजारबाट घाटा व्यहोर्नु पर्नेछ, तर बिहीबारदेखि गुमाएका पैसा फर्केर आउनेछ। शत्रुहरूबाट सजग रहनुहोला, यो साता आफ्नो खर्च नियन्त्रण गर्न असफल हुनुहुनेछ। विवाद लम्बिन सक्ने र मुद्दा प्रहरी र अदालतमा जाने भएकाले कसैसँग वादविवाद गर्दा ध्यान दिनुहोला। प्रेम जीवन राम्रो रहनेछ र साताको अन्त्यमा सुखद भेटघाट हुनेछ।

यो हप्ता तपाईंको जिवनमा देखिएका समस्या समाधान गर्नका लागि ॐ नमो भगवते बासुदेवाय नम मन्त्रको नियमित १०८ पटक जप गर्दा राम्रो हुनेछ।

वृष राशि-

वृष राशि हुनेहरुका लागि यो साता पैसाको प्रवाहका धेरै माध्यमहरू सिर्जना हुनेछन्। यसमा तपाईंको च्यानल सोसल मिडिया प्लेटफर्मले पनि महत्त्वपूर्ण भूमिका खेल्नेछ।आफ्नो गल्तीबाट पाठ सिक्नुपर्नेछ। कार्यालयको राजनीतिमा सावधान रहनुहोला अन्यथा मालिकको नजरमा तपाईंको छवि खराब हुन सक्छ। विवाहमा ढिलाइ भइरहेका व्यक्तिहरूले शुभ समाचार पाउनेछन्। सवारी चलाउँदा सावधानी अपनाउनुपर्नेछ। स्वास्थ्य तथा खानपिनमा ध्यान दिनुहोला।

यो हप्ता तपाईंको जिवनमा देखिएका समस्या समाधान गर्नका लागि हनुमान चालिसाको नियमित पाठ गर्दा राम्रो हुनेछ।

मिथुन राशि-

मिथुन राशि हुनेहरुका लागि यो साता घाटा बेहाेर्नुपर्ने सम्भावना रहेको छ। विशेष गरी यदि तपाईंले उच्च ब्याजको लोभमा लगानी गर्नुभयो भने समस्या आउन सक्छ। घरका नारीलाई सम्मान गर्नुहोला। छिमेकीसँग कुनै विषयमा विवाद हुनसक्छ सकभर विवादबाट टाढा रहने प्रयास गर्नुहोला। लामो दुरीको यात्रा गर्नुपर्ने हुनसक्छ। अरुको बारेमा नराम्रो कुरा नगर्नुहोस् नत्र सम्बन्ध बिग्रन सक्छ। यो हप्ता तपाईले आफ्नो प्रेमीसँग धेरै समय बिताउनुहुनेछ वा सँगै कतै छोटो यात्रा पनि गर्नुहुनेछ। यो साता तपाईंले आशावाद र निराशावादको चरम अनुभव गर्नुहुनेछ।

यो हप्ता तपाईंको जिवनमा देखिएका समस्या समाधान गर्नका लागि ॐ गण गणपताय नमको नियमित जप गर्दा फाइदा हुनेछ।

कर्कट राशि –

कर्कट राशि हुनेहरुका लागि यो साता कार्यस्थलमा फरक परिवेशको सामना गर्नुपर्ने हुन सक्छ। पारिवारिक समय मिलाएर अनुशासनको लागि, बच्चाहरूसँग समय बिताउन जरूरी देखिनन्छ। यो साता खर्च बढ्ने भएकाले चिन्तित रहनुहुनेछ। जागिर परिवर्तन गर्ने सोचमा हुनुहुन्छ भने हतार नगर्नुहोला। आमाको स्वास्थ्यमा चिन्ता बढ्न सक्छ। अरूलाई ऋण दिनबाट बच्नुहोला। शेयर बजारमा लगानी गर्न सकिने र साझेदारीमा व्यापार गर्नुहुन्छ भने हिसाबकिताब गर्ने बेला आएको छ। तपाईंलाई छाला सम्बन्धी केहि रोग लाग्न सक्छ डाक्टरको सल्लाह लिनुहोला।

यो हप्ता तपाईंको जिवनमा देखिएका समस्या समाधान गर्नका लागि प्रत्येक दिन ॐ नम शिबाय मन्त्रको जप गर्दा राम्रो हुनेछ।

सिंह राशि –

सिंह राशि हुनेहरुका लागि यो साता व्यापार राम्रो हुनेछ। आर्थिक स्थितिमा सुधार आउनेछ। साताको अन्त्यमा कतैबाट आर्थिक लाभ हुने देखिन्छ। झुट बोल्नेहरुबाट होसियार हुनुोला। अहंकारलाई नियन्त्रणमा राख्नुहोला अन्यथा अफिसमा पनि समस्या आउन सक्छ। अध्ययनरत विद्यार्थीहरुको लागि यो साता महत्वपूर्ण रहनेछ। विदेश अध्ययन गर्न चाहनेहरुले शुभ समाचार सुन्न पाउनेछन्। लागूऔषध सेवन गर्नुहुन्छ भने छोडदिनुस् नत्र यसले कानूनसम्म तपाईंलाई पुर्याउन सक्छ।

यो हप्ता तपाईंको जिवनमा देखिएका समस्या समाधान गर्नका लागि प्रत्येक दिन बिष्णु चालिसको पाठ गर्दा फाइदा हुनेछ।

कन्या राशि –

कन्या राशि हुनेहरुका लागि यो साता आफ्नो वित्त सुधार गर्नको लागि तपाईंले अर्को शहरमा वा शहरको अन्य ठाउँमा आफ्नो व्यवसाय सुरु गर्न सक्नुहुनेछ। कुनै कारणले तपाईंले ऋणको लागि आवेदन दिनुभएको छ, पैसा यो हप्ता आउनेछ।

यो साता सामाजिक कार्यमा सक्रिय रुपमा सहभागी हुनुहुनेछ। सामाजिक सञ्जालमा सक्रिय रहनेहरूले यो साता ट्रोलको सामना गर्नुपर्ने हुनसक्छ, स्टाटस लेख्दा, रिल, टिक्टक बनाउँदा विशेष ध्यान दिनुहोला। यो साता जीवनसाथीसँग मनमुटाव पनि हुन सक्छ। शान्त रहन प्रयास गर्नुहोला।

यो हप्ता तपाईंको जिवनमा देखिएका समस्या समाधान गर्नका लागि ॐ गण गणपताय नमको नियमित एकमाला जप गर्दा राम्रो हुनेछ।

तुला राशि-

तुला राशि हुनेहरूका लागि यो साता प्रगति हुने समय रहेको छ। व्यापार व्यवसायमा लाभदायक स्थिति सिर्जना हुँदै ठूला कामहरु बन्न सक्छन् । यो साता तपाईंले कार्यस्थलमा सुरुमा धेरै समस्याहरूको सामना गर्नुपर्ने तर बुधबारपछि सबै ठीक हुनेछ। तपाईंले आयकर बचत योजनामा रुपैयाँ लगानी गर्नुहुनेछ। आफ्नो चरित्र सुधार्ने कोसिस गर्नुहोला नत्र इज्जत गुम्ने समय छ। ढिलो सुत्ने बानी छ भने समयमा सुत्ने प्रयास गर्नुहोला। मंगलबार दुर्घटनाको शिकार हुन सक्ने भएकाले सावधानीपूर्वक सवारी साधन चलाउनुहोला।

यो हप्ता तपाईंको जिवनमा देखिएका समस्या समाधान गर्नका लागि ॐ घृणि सुर्याय नमको दैनिक १०८ पटक जप गर्दा फाइदा हुनेछ।

वृश्चिक राशि-
वृश्चिक राशि हुनेहरूका लागि यो साता बुद्धिमानी निर्णय लिनका लागि तपाईंलाई आमाबुवाबाट धेरै मार्गदर्शनको आवश्यकता पर्नेछ। यो साता तपाईंको पैसा कतै अड्किनेछ जसको कारण तपाईले आफ्नो आर्थिकस्थिति सुधार गर्न कसैबाट ऋण लिनुपर्नेछ। सामाजिक सेवामा संलग्न व्यक्तिहरूका लागि यो साता राम्रो रहनेछ।

पद तथा प्रतिष्ठामा वृद्धि हुनेछ। निजी जागिरमा रहेका व्यक्तिले आफ्नो क्षमता र सीप दुवै देखाएर तलव वृद्धि गर्ने सम्भावना रहेको छ। यो साता तपाईंका मित्र र शत्रु दुवैको संख्या बढ्न सक्छ। प्रेम जीवनमा, तपाईंको प्रेमी केहि कुरामा चिन्तित हुनुहुन्छ, जसले गर्दा तपाईंलाई भावनात्मक रूपमा मद्दत गर्नुहुनेछ। तपाईंले कुनै पनि हालतमा तनाव र चिन्ताबाट बच्नुहोला।

यो हप्ता तपाईंको जिवनमा देखिएका समस्या समाधान गर्नका लागि दुर्गा चालिसाको नियमित जप गर्दा राम्रो हुनेछ।

धनु राशि –
धनु राशि हुनेहरुका लागि यो साता आर्थिक स्थितिमा सुधार आउने छ। यो साता पदोन्नति वा स्थानान्तरणको सम्भावना रहेको छ। वैदेशिक सम्पर्कबाट पनि फाइदा हुनेछ। बहुराष्ट्रिय कम्पनीका कर्मचारीले बढी काम गर्नुपर्ने हुनसक्छ।

कार्यालयमा कामको बोझ बढे पनि प्रगतिको बाटो खुल्नेछ। यो हप्ता तपाईले आफ्नो व्यवसाय वा कम्पनीमा कसैसँग साझेदारी गर्न सक्नुहुन्छ, जसले राम्रो कोष ल्याउनेछ र तपाईंले अनुभवी पार्टनर पाउनुहुनेछ। समयमै प्रयासले तपाईंको प्रेम जीवनमा केही विशेष पलहरू ल्याउनेछ जसले समयसँगै मिठास बढाउनेछ। यो हप्ता तपाईंको परामर्शबाट धेरै मानिसहरू लाभान्वित हुनेछन्। पेट सम्बन्धि रोग लाग्ने भएकाले खानपिनमा ध्यान दिनुहोला।

यो हप्ता तपाईंको जिवनमा देखिएका समस्या समाधान गर्नका लागि हनुमान चालिसाको नियमित पाठ गर्दा फाइदा हुनेछ।

मकर राशि –

मकर राशि हुनेहरुले यो साता अनावश्यक विवाद र झगडा तपाईंको व्यावसायिक हितको विरुद्धमा नहोस् भन्ने कुरामा विशेष ध्यान दिनुपर्नेछ। समयमा कुनै पनि समस्याको समाधान गर्न नसक्दा घरमा अनेक किसिमको तनाव उत्पन्न हुन सक्छ।

यो साता आर्थिक मामिलामा समयसापेक्ष प्रयासले लाभ मिल्नेछ। पुरानो लगानीले राम्रो प्रतिफल दिनेछ। धनको अभावले महत्त्वपूर्ण काम अलपत्र पर्न सक्छ। आफ्नो पैसा उधारो दिएकाहरूलाई माग्न थाल्नुहोला। व्यापार व्यवसायमा उन्नति हुने स्थिति छ। योजना बनाएर काम गर्दा सफलता मिल्ने देखिन्छ। रिस नियन्त्रण गर्नुहोला।

यो हप्ता तपाईंको जिवनमा देखिएका समस्या समाधान गर्नका लागि हनुमान चालिसाको नियमित एक पाठ गरेर अपाङ्गता भएका व्यक्तिहरूलाई भोजन दान गर्दा राम्रो हुनेछ।

कुम्भ राशि –

कुम्भ राशि हुनेहरुका लागि यो साता धन नाशको योग छ। यो साता व्यापारमा वा कम्पनीको विकासको लागि बजारबाट पैसा उधारो लिन सक्नुहुन्छ वा बजारमा कुनै विशेष लगानी नीति लागू गर्न सक्नुहुनेछ। साथीभाइसँगको भोजभतेरमा व्यस्त हुने समय रहेकाले झगडा हुने सम्भावना छ। फोनमा कुरा गर्दा सावधान रहनुहोला। पारिवारिक विवादमा तपाईंको सही विचारले ठूलो संकटबाट बच्न सकिन्छ।

यो हप्ता तपाईंको जिवनमा देखिएका समस्या समाधान गर्नका लागि हनुमान चालिसाको नियमित जप गर्दा फाइदा हुनेछ।

मिन राशि –

मिन राशि हुनेहरुका लागि यो साता समयले तपाईंका लागि केहि मामिलामा चुनौती ल्याउन सक्छ। तर चिन्ता नगर्नुहोस्, यो तपाईंको लागि केहि मामिलामा राम्रो बन्ने समय हो। यो साता तपाईंले सही र गलत बीचको भिन्नता सजिलै बुझ्नुहुनेछ। यो हप्ता तपाईंले गम्भीर व्यापारिक समस्याहरू समाधान गर्न नयाँ तरिकाहरू प्रयास गर्नुहुनेछ।

घरका दिदीबहिनीका लागि उपयुक्त जीवनसाथीको खोजी समाप्त हुनाले परिवारमा खुशीको वातावरण रहनेछ। घरजग्गा लाभदायक देखिन्छ। प्रारम्भिक साता शेयर बजार वा वस्तु बजारबाट नाफा मिल्नेछ। यो हप्ता तपाईको प्रेमिकाले तपाईंलाई धेरै काम गर्न मद्दत गर्नेछ। शनिबार चोट लाग्न सक्छ, विशेष ध्यान दिनुहोला।

यो हप्ता तपाईंको जिवनमा देखिएका समस्या समाधान गर्नका लागि ॐ श्री दुर्गाय नमः मन्त्रको दैनिक १०८ पटक जप गर्दा राम्रो हुनेछ।

Logo