माओवादी केन्द्रले बोलायो संसदीय दलको बैठक

माओवादी केन्द्रले बोलायो संसदीय दलको बैठक

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सत्तारूढ दल नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक सोमबारका लागि बोलाइएको छ । संसद्को हिउँदे अधिवेशन सोमरबारदेखि नै सुरू हुँदैछ । माओवादी केन्द्रले हिउँदे अधिवेशनको तयारीका सन्दर्भमा छलफल गर्न त्यसअघि संसदीय दलको बैठक बोलाएको हो ।

बैठक सोमबार बिहान ८ बजे सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा बस्ने सांसद हितबहादुर तामाङले जानकारी दिए । ‘हिउँदे अधिवेशन प्रारम्भ हुँदैछ । धेरै कानूनहरू बनाउनुपर्नेछ, त्यसको तयारी कसरी गर्ने भन्ने विषयमा छलफल हुन्छ,’ उनले भने ।

Logo