नेपाल रेडक्रस सोसाइटीलाई अन्तर्राष्ट्रिय रेडक्रसको मान्यता कायम छः महामन्त्री श्रेष्ठ

नेपाल रेडक्रस सोसाइटीलाई अन्तर्राष्ट्रिय रेडक्रसको मान्यता कायम छः महामन्त्री श्रेष्ठ

केन्द्रबिन्दु
70
Shares

काठमाडौं। नेपाल रेडक्रस सोसाइटीले आफूलाई अन्तर्राष्ट्रिय रेडक्रसको मान्यता नरहेको भन्ने खबरको खण्डन गरेको छ। सोसाइटीका महासचिव भूपतिलाल श्रेष्ठले विज्ञप्ति निकालेर रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासंघको सदस्यता र अन्तर्राष्ट्रिय मान्यता नेपाल रेडक्रस सोसाइटीले ६० वर्ष पहिले नै प्राप्त गरेको र पछिल्लो समयमा यसमा थप कुनै निर्णय र फेरबदल नभएको भन्दै गलत प्रचारको खण्डन गरेका छन्।

‘रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासंघको सदस्यता र अन्तर्राष्ट्रिय मान्यता नेरेसोले ६० वर्ष पहिले नै प्राप्त गरेकोे छ र पछिल्लो समयमा यस सम्बन्धमा समाचारमा भनिए बमोजिम थप कुनै निर्णय नभएको र फेरबदल नभएको व्यहोरा जानकारी गराउँदछौं,’ श्रेष्ठले विज्ञप्तिमार्फत् भनेका छन्।

उनले गत साउन २ गते नै प्राध्यापक सुदर्शनप्रसाद नेपालको नेतृत्वमा निर्वाचित समितिले नेरेसोको नियमित गतिविधि गर्दै आइरहेको दाबी गरेका छन्। ‘सोसाइटीले आफ्नो सबै बैधानिक दायित्व पूरा गर्ने सन्दर्भमा लेखापरीक्षण, वार्षिक साधारण सभा, समाजकल्याण परिषद्को आवद्धता नवीकरण, वैदेशिक सहायताको स्वीकृति, स्थानीय तहको सिफारिस र संस्था नवीकरणको लागि पूरा गर्नुपर्ने सबै कानुनी प्रकृया पूरा गरी संस्था दर्ता नवीकरण भइसकेको छ,’ उनले भने।

महामन्त्री श्रेष्ठले रेडक्रसको अन्तर्राष्ट्रिय महासंघको कार्यालयले सोसाइटीको मान्यता, आवद्धता सम्बन्धी विषय आफ्नो कार्य क्षेत्रभित्र नपर्ने नेरेसोलाई स्पष्ट पारेको व्यहोरा समेत आग्रह गरेका छन्।

Logo